भारतले चिनियाँ कम्पनीको बायकट गर्ने

२०७७ असार १० बुधबार ०८:२४:०० मा प्रकाशित

गाल्भानमा भारतीय र चिनियाँ सेनाबीच भएको हिंसात्मक झडपमा २० भारतीय सैनिक मारिएका थिए । त्यस बेलादेखि चिनियाँ सामानको बहिष्कारको बारेमा भारतभरि आवाज उठ्न थालेको छ । यसैबीच, भारतीय भारोत्तोलकहरूले पनि चिनियाँ कम्पनीहरूको उपकरण प्रयोग नगर्ने निर्णय गरेका छन्।

अर्कोतर्फ, भारतको भारोत्तोलन महासंघले चीनबाट आएको खेलकुद सामानलाई निम्न स्तरको भनेको छ । महासंघले चिनियाँ सामानको बहिष्कार गर्ने कुरा पनि गरेको छ । महासंघले टोकियो ओलम्पिकमा प्रयोग गरिएको चिनियाँ कम्पनी जेकेसीको वेटलिफ्टिङ सेटहरू पनि नकिन्ने निर्णय गरेको छ ।

महासंघले भनेको छ कि गत वर्ष चिनियाँ कम्पनी ’जेडकेसी’ बाट चार भारोत्तोलन सेटहरू आदेश गरिएको थियो।

ती सबै बिग्रिएका छन् र वेटलिफ्टरले यसलाई प्रयोग गरिरहेका छैनन् । महासंघका महासचिव सहदेव यादवले चिनियाँ सामानको बहिष्कार हुनुपर्ने बताएका थिए । महासंघले चीनमा बनेको कुनै पनि सामान प्रयोग नगर्ने भनेको छ । बरु भारतीय कम्पनीहरूले र अन्य देशहरूद्वारा निर्मित सेटहरू खरीद गर्नेसक्ने बतायो । यसको जानकारी खेल अधिकारीहरुलाई दिइएको छ ।

राष्ट्रिय प्रशिक्षक विजय शर्माले भने कि शिविरमा संलग्न सबै भारोत्तोलकहरूले सामान किन्दा चिनियाँ कम्पनी भए–नभएको ध्यान दिइरहेका छन्। यो मात्र होईन, खेलाडीहरूले चिनियाँ ऐप टिक टकलाई पनि बहिष्कार गरिरहेका छन्।

आईपीएलमा पनि चिनियाँ कम्पनी

भारोतोलनमा मात्रै होइन कि चिनियाँ कम्पनीको सहयोग इन्डियन प्रिमियर लिग (आईपीएल) मा पनि प्रशस्त रहेको छ । भीभो, पेटीएम, ली निंग र बायजूसहित कयौं कम्पनी आईपीएलसँग जोडिएका छन् । भीभो आईपीएलको शीर्षक प्रायोजक हो । यसले प्रत्येक वर्ष आईपीएललाई ४४० करोड भारु दिन्छ । भीभोसँग सम्झौता सन् २०२२ सम्म छ ।

पेटीएम आईपीएलको प्रायोजक हो। यद्यपि चिनियाँ कम्पनी अलीबाबाको पेटीएममा हिस्सेदारी छ। बायजू कम्पनीले गत वर्ष पनि बीसीसीआई ( भारतीय क्रिकेट बोर्ड) सँग सम्झौता गरेको छ । यो जर्सीको प्रायोजक हो । २०२२ सम्ममा यसले बीसीसीआईलाई १०७९ करोड भारु दिन्छ ।

बीसीसीआईको पनि ड्रीम–११ सँग सम्झौता छ। यद्यपि बीसीसीआई कोषाध्यक्ष अरुण धूमलले भनेका छन् कि चिनियाँ कम्पनीहरुसंग भएको सम्झौताको समीक्षा गर्न आगामी साता गभर्निंग काउन्सिलको बैठक बोलाइएको छ। यसमा चिनसँग भएको सम्झौता रद्द गर्ने कि निरन्तर दिने भन्ने प्रमुख विषय हुने उनले बताए ।
(नेपाल समाचापत्र दैनिकबाट)

ताजा खबर