पहिरोमा पुरिएको अवस्थामा थप १ जनाको शव भेटियो

२०७७ असार १० बुधबार ०८:००:०० मा प्रकाशित

तानसेन : पाल्पा तानसेन नगरपालिका  वडा नं ११ सम्मोबारीमा पहिरोमा पुरिएको अवस्थामा थप एक जनाको शव भेटिएको छ ।  मृत्यु हुनेमा झापा शिवसतासी नगरपालिका वडा नं  ८ झिलेझिलेका १८ वर्षीय कुमार तामाङ रहेका छन् । 

यसअघि सोमबार पहिरोमा परी ३ जनाको मृत्यु भएको थियो ।  पाल्पाका  रिव्दीकोट गाउँपालिका वडा नं २ देउरालीका ३२ वर्षीय भुवन खाम्चा, कार्भे पाचखाल नगरपालिका वडा नं ८ हुम्के बजारका  निवेश श्रेष्ठ र  चितवन भरतपुर महानगरपालिका वडा नं २९ बाङ्गेसालका २३ वर्षीय वीरबहादुर गुरुङ रहेका पाल्पा प्रहरीले पुष्टि गरेको छ । 

सोमबार बेलुका ५ बजे झरेको पहिरोमा परी घटनास्थमै २ जना, मिशन अस्पतालमा उपचारको क्रममा एक जनाको मृत्यु भएको थियो । पहिरोमा लु १ क १९२८ टयाक्टर, लु २ ख १३७६ नम्बरको ट्रक,  लु १ च ७०४३ नम्बरको बलेरो र लु १ च ७०११ नम्बरको कार पुरिएका थिए । पुरिएका सवारी साधन सुरक्षाकर्मीले बाहिर निकालेका छन् । 

पहिरोमा थप सवारी साधन र मानवीय क्षति भएको हुन सक्ने भन्दै  प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षम मनोज गिरीले बताए ।
(अन्नपूर्ण पोष्ट अनलाइनबाट) 

ताजा खबर