बेलुनबाट अन्तरिक्ष यात्रा !

२०७७ असार ९ मंगलबार ०८:४६:०० मा प्रकाशित

अन्तरिक्ष केन्द्र, चन्द्रमा यात्रा, मंगलग्रहमा रोवर परिचालन जस्ता विज्ञानका उपलब्धीहरुसँगै मानवमा अन्तरिक्ष पर्यटनको सपना तिब्र बन्दै गइरहेको छ । यसलाई पुरा गर्न थुप्रै अन्तरिक्ष एजेन्सीहरु विभिन्न योजनासँग अन्तरिक्ष यान विकास गर्न सफल पनि भइसकेका छन् ।

यसअघि अन्तरिक्ष पर्यटनको सुरुवाट रुसको अन्तरिक्ष एजेन्सीको सोयुज यानले गरिसकेको छ । यद्यपी यो महँगो भएर पनि पर्याप्त रुपमा अगाडी बढ्न सकेको देखिएन ।

यस अभियानमा निजी तथा सरकारी अन्तरिक्ष एजेन्सीहरुबीच एक प्रकारको प्रतिस्पर्धा नै चलेको छ । अन्तरिक्ष यात्रा गर्ने इच्छा राख्नेहरुलाई स्पेस टुरिज्म स्टार्टअपले नयाँ योजना अगाडी सारेको छ । यस संस्थाले त्यसता पर्यटकको चाहना सन् २०२४ सम्ममा पुरा गर्ने लक्ष्य लिएको छ ।

स्पेस टुरिज्म स्टार्टअपलले अन्तरिक्ष पर्यटकलाई एक क्याप्सुल बेलुनबाट वायुमन्डलको भ्रमण गराउने छ । स्टार्टअपले क्याप्सुल बेलुनको नाम स्पेससिप नेप्च्युन दिएको छ । जसमा ९ यात्रु बस्न सक्नेछ । यात्रा ६ घन्टाको हुने छ । यसमा २ घन्टा वायुमन्डलमा पुग्न र अर्को २ घन्टा त्यहाँबाट झर्न लाग्नेछ । बाँकी दुई घन्टामा वायुमन्डल र अटलान्टिक महासागरको सुन्दरताको मनोरन्जन लिन सक्नेछ ।

१० हजार फिटमाथि आकासमा सैर

स्पेससिप नेप्च्युन बेलुन यात्रीलाई १० हजार फिट माथि पुर्याउँछ । बेलुनमा ठुलो आकारको झ्याल हुनेछ, जहाबाट यात्री बाहिरको सुन्दरताको रस्वादन गर्न सक्ने छ । यो दुई घन्टा वायुमन्डलमा रहनेछ । यस क्रममा बेलुन अटलान्टिक महासागको वरीपरी विचरण गरिरहन्छ ।

स्पेससिप नेप्च्युन बेलुन बनाउने स्टार्टअप जेन पोइन्टर र टेबर म्याक्लमले मिलेर शूरु गरेका हुन् । यसअघि यो फर्मको नाम वल्ड भ्यु थियो जस्ले अन्तरिक्ष तस्वीरलाई सेन्सरको माध्यमबाट खिच्ने काम गथ्र्यो । सेन्सरलाई वायुमन्डलमा पठाइने बेलुनमा राखिन्थ्यो । स्पेससिप नेप्च्युन बेलुनको सोच यहींबाट आएको हो ।

सुरक्षित तथा आरामदायी यात्राको दावी
स्टार्टफले एक विज्ञप्तीमा पहिलो पछक हमाी स्पेस फ्लाइट आम नागरिकका लागि तयार गरिरहेका छौं । यो पर्याप्त सुरक्षित र आरामदायी हुनेछ । यसमा बस्नु विमानमा बस्नु जस्तै हुने छ । यस बस्नका लागि कुनै विशेष प्रकारको कपडा लगाउन आवश्यक छैन । १० हजार फीट उचाइमा गएर यात्रीले फरक खालको सुन्दरताको अनुभव गर्नेछ ।

अमेरिकी स्टार्टअपका अनुसार बेलुन फ्लोरिडको केनेडी स्पेस सेन्टरबाट छोडिनेछ । यो अटलान्टिक महासागर स्थित एक पानीजहाजमा अवतरण हुनेछ । कम्पनीका सह संस्थापक जेन पोइन्टरले भनेका छन्, हामी इच्छुकलाई अन्तरिक्ष सम्म पुर्याउनका लागि प्रतिबद्ध छौं । सन् २०२३ मा केहीका लागि यसको परीक्षण हुनेछ र सन् २०१४ मा पुर्ण रुपमा यात्रुका लागि हुने छ ।
(नेपाल समाचारपत्र दैनिकबाट)

 

 

ताजा खबर