मन्त्री फेरेर सरकार टिकाउने खेल स्थायी कमिटी सामना गर्ने ओलीे रणनीति

२०७७ असार ८ सोमबार ०८:१९:०० मा प्रकाशित

स्थायी कमिटी सामना गर्ने ओलीे रणनीति

मुलुकले कोरोना संक्रमण झेलिरहेको बेला सरकार भने सत्ता टिकाउने सुरक्षित उपाएको खोजीमा छ। यो रणनीति अन्तर्गतदलभित्रै सरकारका गतिविधिमाथि विवाद बढिरहँदा केही पार्टी नेतालाई सरकारमा सहभागी गराएर भएपनि टिकाउने सुरक्षित उपाएको खोजिनेछ।  

सत्तारुढ दलभित्र अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्ने कि नगर्ने भन्ने विवाद बढ्नुमा सरकारले पार्टीको सहमति विना सरकारी नियुक्ति हुनुलाई मानिएको छ। त्यसैगरी सरकारका राम्रा काममा समेत अपनत्व ग्रहण गर्न नसक्नु, सरकारका निर्णय विवादित हुनु जस्ता कारणले पार्टीभित्रै सरकारको नेतृत्व फेर्नुपर्ने आवाज उठिरहेको छ। सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले सरकारले निर्णय गर्दा पार्टीमा समेत समन्वय गर्ने प्रतिबद्धता गरेपनि उनले त्यसलाई वेवास्था गरेपछि पार्टीका शीर्ष नेताहरु असन्तुष्ट रहेका छन्। पार्टी उपाध्यक्ष वामदेव गौतमले आफू ओलीको कार्यशैलीप्रति सहमत नभएको र उनको साथमा नरहेको समेत सचिवालय मार्फत जानकारी गराएका थिए। उपाध्यक्ष गौतमले ओली विरुद्ध शीर्ष नेताहरुले समयक्रममा बोल्ने समेत संकेत गरेपछि सरकार टिकाउनअसन्तुष्ट नेताहरुलाई समेट्ने प्रयास गरिरहेका छन्। प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुर्नगठन गर्नेदेखि मूख्यमन्त्रीहरु परिवर्तनगर्ने सम्मको योजना अघि सारेका छन्। 

स्थायी कमिटी बैठक फलामको च्युरा हुने अनुमान गर्दै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुर्नगठन लगायतका प्रस्ताव अघि सारेर सरकारलाई अझ मजबुतबनाउने कोसिस गरिरहेका छन्। स्थायी कमिटीका २० सदस्यहरुले यसअघि नै बैठक माग गरेका थिए। बैठक टार्दै आएका ओलीले अबको बैठक कसरी सामाना गर्न सकिन्छ भनेर आफू निकट नेताहरुसँग दिनदिनै छलफल गरेका छन्। 

पार्टी सचिवालय बैठकले असार १० गते स्थायी कमिटीको बैठक बोलाएको छ। विधानतःप्रत्येक तीन महिनामा बस्नुपर्ने बैठक ६ महिनापछि बस्न लागेको छ। यसपटकको बैठक सरकारमा सहभागी नेताहरुका लागि पेचिलो बन्ने अवस्था आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका ‘किचेन क्याविनेट’ सदस्यहरू सक्रिय हुन थालेका छन्। अहिले पार्टीका स्थायी कमिटी सदस्य भीम रावल र सुरेन्द्र पाण्डेलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर ओली निकटका नेताहरु क्रियाशील भएका छन्। स्थायी कमिटी बैठक फलामको च्युरा हुने अनुमान गर्दै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुर्नगठन लगायतका प्रस्ताव अघि सारेर सरकारलाई अझ मजबुतबनाउने कोसिस गरिरहेका छन्। स्थायी कमिटीका २० सदस्यहरुले यसअघि नै बैठक माग गरेका थिए। बैठक टार्दै आएका ओलीले अबको बैठक कसरी सामाना गर्न सकिन्छ भनेर आफू निकट नेताहरुसँग दिनदिनै छलफल गरेका छन्। शुक्रबार साँझ ईश्वर पोखरेल, प्रदीप ज्ञावाली र युवराज खतिवडासँग छलफल गरेका ओलीले ५ नं प्रदेशका मूख्यमन्त्री शंकर पोखरेलसँग पनि सम्पर्कमै रहेका छन्। ‘स्थायी कमिटी बैठकमा जटिल विषयहरु उठ्नेछन् जस्ले गर्दा सरकारलाई अप्ठ्यारोमा पर्ने संकेत बढ्दै गएको छ। पार्टीको विधि विधान र पद्धतिलाई बेवास्ता गरेर गरिएका सबै निर्णयहरुको विषयमा छलफल हुनेछ’, एक स्थायी कमिटी सदस्यले भने। उनका अनुसार पार्टीको केन्द्रीय कमिटी बैठकले एमसीसीबारे कार्यदल बनाएर निर्णय गर्न दिएको अधिकार समेत कुण्ठित हुन थालेको, सरकार पार्टीको समन्वय नभएको कतिपय सन्दर्भमा पार्टी हित विपरित काम भएको विषय स्थायी कमिटीमा छलफल हुनेछ। पार्टीभित्र विगतदेखि उठाउदै आएको एक पद एक जिम्मेवारीको विषयमा पनि यसपटक छलफल हुनेछ। ‘सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट दुवै पास भइसकेको छ सरकारले सबैलाई समेटेर लैजानुपर्नेमा अहिलेसम्म त्यस्तो अवस्था देखिएन, सरकारमा रहेका मन्त्रीहरुले पार्टीलाई वेवास्था गरिरहेका छन्, पार्टी नेताहरुलाई गाली गलौज गर्नेहरु  सरकारी तहबाट पुरस्कृत भैरहेका छन,पार्टीभित्र दुःख गरेका, योग्यता दक्षता भएको सक्षम नेताहरु पाखा लागेर बसिरहेका छन् उनीहरुलाई पार्टीको जिम्मेवारी र सरकारी जिम्मेवारी दुवैबाट बन्चित गर्न थालिएको छ यस्ता विषयहरु समेटिएर स्थायी कमिटीको बैठकमा उठाइनेछ’, ती स्थायी कमिटी सदस्यले भने। उनका अनुसार यसपल्टको बैठकमा प्रधानमन्त्री ओली र उनको टिमले गरेका कामबारे सबै हिसावकिता हुनेछ। तर प्रधानमन्त्री ओली पक्षका नेताहरु पनि सशक्त रुपमा तयारी गरिरहेका छन्। उनीहरुले नेपालको नक्सा परिवर्तन देखि अहिलेसम्म सरकारले गरेका कामको विषयमा फेहरिस्त निकाल्न सक्रिय रहेको स्रोतले जनाएको छ। ‘सरकारले काम गरिरहेको छैन भनेर भन्नेहरुलाई हामी पनि सरकारले गरेका कामको विषयमा जानकारी गराउदै छौ’,ओली पक्षका एक नेताले भने।

१० बैशाखमै २० जना स्थायी कमिटी सदस्यहरुले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउदै बैठक माग गरेका थिए। अष्टलक्ष्मी शाक्य, गणेश शाह, गोकर्ण विष्ट, चक्रपाणी खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देव गुरुग, देवेन्द्र पौडेल पम्फा भुषाल,बेदुराम भुषाल भीम आचार्य, भीम रावल, मणि थापा, मात्रिका यादव, मुकुन्द न्यौपाने युवराज ज्ञवाली, रघु पन्त, लिलामणि पोखरेल, सुरेन्द्र पाण्डे र हरिबोल गजुरेलले बैठकको माग गरेका थिए। उनीहरु अहिले स्थायी कमिटी बैठकबारे छुट्टै छलफल गरिरहेका छन्। ओली पक्षका नेताहरुले बैठकबारे तयारी गरिरहेका बेला बैठकको माग गरिरहेका नेताहरुले पनि आफ्नो तयारी गरिरहेका छन्।  

पुनः पूर्ण लकडाउनको तयारी  
सरकारले कोरोना संक्रमण बढ्दै गएपछि पूर्ण लकडाउन गर्नेबारे सुरक्षा निकायहरुसँग छलफल गरिरहेको छ। विभिन्न सरकारी संयन्त्र प्रयोग गरी कोरोनाको संक्रमण बढ्दै ५० हजारसम्म पुग्छ भन्नु र सरकारले पूर्ण लकडाउनको बारेमा सुरक्षा निकायसँग छलफल गर्नुले साउनदेखि पुनः पूर्ण लकडाउन तयारी थालेको आशंका जन्मिएको छ। केही दिन अघि स्वास्थ्य मन्त्रालयले साउनमा कोरोना संक्रमणको दर ४० हजार पुग्ने दावी गरेको थियो भने नेपाली सेनाको पृतनापति सम्मेलनमा ५० हजार पुग्ने अनुमान प्रक्षेपण गर्नुले पूर्णलकडाउनको तयारी बढिरहेको संकेत गर्न थालिएको छ।  
(नागरिक न्युजबाट)

ताजा खबर