ठेक्काको सयम बितेपछि हुलाकी राजमार्गको भौतिक संरचना खाली

२०७७ असार ७ आइतबार ०७:२८:०० मा प्रकाशित

मानमत–कलैया –मटिअर्वा हुलाकी सडक निर्माण गर्न तोकिएको ठेक्काको सयम बितेपछि स्थानीयहरुले सडकमा पर्ने भौतिक संचरना खाली गरेका छन्। हुलाकी सडक खण्ड अन्तर्गत कलैया बजार क्षेत्रको साढे तीन किलोमिटर लामो सडकमा पर्ने भौतिक संरचनालाई स्थानीयहरुले ढिलो गरि खाली गर्दा सडक नै बन्नमा अन्योल भएको छ ।

कलैया बजार क्षेत्रका सडक निर्माण हुन नसकेको कारणले सरकारको एक अर्ब भन्द बढि लगानी र स्थानीयहरुले सडकको लागि भत्काएको भौतिक संरचना दुबै व्यर्थ जाने अवस्थामा पुगेको गुनासो गरिएको छ।

२७ किलोमिटर लामो मानमत–कलैया– मटिअर्वा सडक खण्डलाई दुई प्याकेजमा गरेर काठमाडौंको आशिष÷डिएस जेभी निर्माण कम्पनीले २०७६ बैशाख महिनासम्ममा निर्माण सम्पन्न गर्न ४८ करोड ५८ लाखमा ठेक्का सम्झौता गरेको हुलाकी राजमार्ग आयोजना कार्यालयले जनाएको छ। पूर्व–पश्चिक महेन्द्र राजमार्गलाई मटिअर्वा भन्सारसम्म जोडन उद्येश्यले भारत सरकारको सहयोगमा निर्माण सुरु गरिएको हुलाकी सडकको लागि साविक सडकको मध्य भागदेखि दाया बायाँ १५/१५ मिटरसम्म स्थानीयहरुको जग्गा अधिग्रहण गरिने निर्णय गरिएको थियो।

तर कलैया बजार क्षेत्रका केही स्थानीयहरुले अधिग्रहण गरिएको जग्गाको मुअब्जा कम भएको भन्दा सडकलाई ७.५/७.५ मिटर मै निर्माण गर्न माग राख्दै त्यसको अवरोधमा उत्रेका थिए। केही जनप्रतिनिधिहरुको सहयोगमा उनीहरुले बिरोध गर्दा अहिले सडक नबन्दा कलैया नै कुरुप देखिएको छ।

हुलाकी राजमार्गको निर्माण कार्यले कलैया उपमहानगरपालिका प्रमुखलाई राजनीतिक लाभ मिल्छ  भन्दै सडकमा परेको जग्गा र भौतिक संरचनाको मुअब्जा लिएर खाली गर्नुको साटो त्यसको बिरोधमा लाग्दा सडक नै अधुरै रहन गएको दिपेन्द्र कुशवाहाले बताएका छन्।

बर्खायाम सुरु भएपछि त्यस सडकमा घर अगाडी नै तीन तीन फिटसम्म खाल्डो भएको र त्यसमा हिलोले गर्दा हिँडडुल गर्न नसकिने अवस्था रहेको कुशवाहाले बताए। हुलाकी राजमार्ग आयोजना प्रमुख रोहित कुमार बिशुरालले पहिला नै सडकमा पर्ने घर, टहराहरु खाली नगराएर ठेक्का लगाउँदा ठेक्काको सयम बितेपछि कलैया बजार क्षेत्रका स्थानीयहरुले घर टहरा खाली गरेको अवस्था रहेको बताएका छन्।

ठेक्काको सयम बितेपछि अधुरो रहन गएको साढे तीन किलोमिटर सडकलाई निर्माण गर्न केही समस्य देखिएको बिशुरालले बताए। सडकमा पर्ने स्थानीयहरुले घर टहरा हटाए पनि खाने पानीको पाइप व्यवस्थापन र बिद्युतीय पोल व्यवस्थापन गर्ने जरुरी रहेको र ती दुबैको व्यवस्थापन गरिएपछि अधुरो रहन गएको सडकको निर्माण प्रक्रिया अगाडी बढाउने उनले बताए।

लकडाउनमा हुलाकी राजमार्ग निर्माणले फेरिदै कलैयाको मुहार

खाल्डाखुल्डी, धुलो र हिलोले आक्रान्त हुने वीरगन्ज –कलैया–बरियारपुर हुलाकी राजमार्ग अन्तर्गत पर्ने कलैया बजार क्षेत्रको सडक निर्माण कार्यले केही हदसम्म कलैयाको मुहार नै अहिले फेरिएको छ। हुलाकी राजमार्ग आयोजनाले लकडाउनकै बीचमा कलैया बजार क्षेत्रमा अधुरो रहन गएको दुई किलो मिटर लामो हुलाकी सडकको निर्माण कार्य पुरा गरेपछि सडका निर्माण भएको क्षेत्रमा कलैयाको मुहर नै अहिले फेरिन पुगेको हो ।

वीरगन्ज महानगरपालिकाको लक्षुमनवादेखि महागढीमाई नगरपालिकाको बरियारपुरको ईनर्वा चोकसम्म लगभग १९ किलो मिटर लामो हुलाकी राजमार्ग निर्माणाधीन अवस्थामा छ ।

स्वछन्द/पप्पु/हिम सगरमाथा जेभीले २०७७/३/११ सम्ममा सम्पन्न गर्ने गरि  ८५ करोड ८५ लाखमा हुलाकी राजमार्ग आयोजनासँग २०७४/९/१२ मा ठेक्का सम्झौता गरेका थिए।  

पहिलादेखि नै लगभग ७ मिटरको हाराहारीमा चौडा रहेको बरियारपुर–कलैया–वीरगन्ज सडकलाई अहिले नालासहित १५ मिटर चौडाईमा निर्माणाधीन अवस्थामा रहेको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय वीरगन्ज पर्साका प्रमुख राजेन्द्र पाण्डेले बताएका छन्। हुलाकी राजमार्ग आयोजनासँग ठेक्का स्वीकार गरिएपछि यसलाई पप्पु कन्स्ट्रकसनले निर्माण गरी रहेको छ । लकडाउन सुरु हुन अघि यसको भौतिक प्रगति ६५ प्रतिशतको हाराहारीमा रहे पनि लकडाउनकै समयमा काम गर्दा भौतिक प्रगति ८५ प्रतिशतको हाराहारीमा पुगेको पाण्डेले बताए।

सडक खण्डमा पर्ने ३१ वटा पुल पुलेसाहरु निर्माण सम्पन्न गरिएको पनि कलैया बजार र बघवन बजार क्षेत्रको गरि लगभग दुई किलोमिटर जति सडक कालोपत्रे बाँकी रहेको थियो।

कलैया बजार क्षेत्रमा अधुरो रहन गएको कालोपत्रेहरु अहिले गर्नुको साथ साथै कालोपत्रे माथि साइड छुट्याउन पेण्ट्स गर्ने कार्य समेत भैरहेको पाण्डेले बताए।
(नागरिक न्युजबाट)

ताजा खबर