पछिल्लो २४ घन्टामा ३३१ संक्रमित थपिए, १७६ जना डिस्चार्ज

२०७७ असार ७ आइतबार ०६:४५:०० मा प्रकाशित

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३ सय ३१ जनामा संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् । यो सँगै संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ । झापा, सुनसरी, मोरङ, महोत्तरी, सर्लाही, बारा, बागलुङ लगायत जिल्लामा नयाँ संक्रमित भेटिएका छन् ।

प्रवक्ता गौतमले गएको २४ घन्टामा १ सय ७६ जना डिस्चार्ज भएको पनि जनाए ।

मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख ५२ हजार ३०० नमुना परीक्षण भएका छन् । २४ घन्टामा ४ हजार ४२६ आरडीटी परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म १ लाख ६९ हजार १६५ परीक्षणहरु गरिएका छन् र २४ घन्टामा ७ हजार ४१६ परीक्षण भएका छन् ।

हालसम्म क्‍वारेन्टाइनमा रहनेको संख्या १ लाख २ हजार ४५ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ७ हजार ५ जना रहेका छन् ।

संक्रमितको विवरण

डोटी ६१

नवलपरासी पूर्व ३२

महोत्तरी २४

तनहुँ २३

बागलुङ २०

बैतडी १८

गुल्मी १८

पाल्पा १८

डडेलधुरा १२

झापा १

सुनसरी २

मोरङ ८

सर्लाही ९

बारा ४

कैलाली १

काठमाडौं १

नवलपरासी पश्चिम १

रामेछाप ३

रौतहट २

रुपन्देही १

धादिङ ८

भक्तपुर ७

स्याङ्जा १

रौतहट ५

कैलाली २

बाँके १४

बर्दिया ७

रुकुम पश्च‍िम १

दाङ ४

प्यूठान ८
(कान्तिपुर अनलाइनबाट)

ताजा खबर