विमानस्थलमा खुसी र दु:खका आँसुु (फाेटाेफिचर)

२०७७ असार ६ शनिबार ०९:४०:०० मा प्रकाशित

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा केही दिनयता सुरक्षाकर्मीको बाक्लो उपस्थितिसँगै खुुसी र दुुःखका आँसुु बगिरहेका हुन्छन् । आफन्त आउँदा खुुसी हुुने र कतिपयको विदेशमै निधन भई शव आउँदा भावविह्वलको वातावरण देखिन्छ । शुक्रबार पनि यस्तै देखियो ।

विदेशमा रहेका नेपाली नागरिकको उद्धार सुुरु गरिएसँंगै विमानस्थलको आगमन कक्षमा स्वदेश फर्किदाको खुसी साट्नेहरू देखिएका हुन्छन् । विदेशमा रहेका आफन्त फर्र्किएपछि सरकारलाई धन्यवाद दिँदै खुसी आदानप्रदान गरेको पाइन्छ । यो खुसीलाई स्तब्ध पार्ने गरी आफन्तको शव आउँदा निराश वातावरण हुन्छ । आँसुुको धारा बन्ने गर्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका अनुसार शुक्रबार कतारबाट २०, कुवेतबाट दुई र अन्य मुलुकबाट दुई गरी २४ वटा शव ल्याइएको छ । आफन्तको शव बुझ्न गएकाहरू रुँदै गरेको अवस्थामा भेटिन्छन् ।

रुपन्देही देवदहका यमबहादुर थापाको शव बुझ्न विमानस्थल पुगेका आफन्तहरूको रुँदै गरेको अवस्थामा भेटिएका थिए । थापाको शव उहाँकी श्रीमती उमा थापाले बुझ्नुभएको थियो । वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुुसार सुर्खेतका नरबहादुर कामीको बन्दाबन्दीकै क्रममा वैशाख १८ गते कतारमा मृत्यु भएको थियो । उहाँको शव बोर्डले नै गृह जिल्ला सुर्खेत पु¥याइदिएको हो । केहीको भने पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरिएको छ । विमानस्थलमा खटिनुभएका बोर्डका प्रतिनिधि हीरालाल ढकालले उद्धार कार्य सुरु गरेसँंगै २७ जनाको शव नेपाल ल्याइएको जानकारी दिनुभयो ।

उद्धार गरिएकाहरूलाई नेपाली सेनाले काठमाडौँ उपत्यकाको विभिन्न होल्डिङ सेन्टर तथा क्वारेन्टाइनमा राखी व्यक्तिगत विवरण तथा स्वास्थ्य परीक्षण गरी प्रदेश सरकारको जिम्मा लगाउने गरेको छ ।

सरकारले कोभिड–१९ को महामारीका कारण समस्यामा परेका नेपाली नागरिक ल्याउन सुरु गरेसँंगै शवसमेत ल्याउन थालिएको हो । खाडी मुलुकबाट उद्धार गरिएका धेरैजसो महिलासँग श्रम स्वीकृत गरी वैदेशिक रोजगारीमा गएको कागजपत्र छैन । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्यका अनुसार, अवैध बाटो प्रयोग गरी विदेश गएका कारण उहाँहरूसँंग श्रम स्वीकृतको कागज नभेटिएको हो ।

उद्धार गरिएका महिलासँगै नौवटा शिशु र ९७ जना गर्र्भवती महिला स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार विभिन्न १३ मुलुकबाट एक हजार सात सयभन्दा बढी नागरिक स्वदेश फर्किएका छन् ।  
(गोरखापत्र अनलाइनबाट)

 

ताजा खबर