डिल्लीबजार कारागार अपडेट : मानवीय क्षति नभएको प्रहरीको भनाइ

२०७७ असार ६ शनिबार ०८:३६:०० मा प्रकाशित

डिल्लीबजारस्थित सदर खोर कारागारको बाहिरी क्षेत्रमा रहेको जीर्ण भवन भत्किएको छ ।

भीआईपी कैदी रहेको पुरानो भवनको गारो भत्किएर बिजुलीको तार थिच्दा ट्रान्समिटर पड्किएको हो । शुक्रबार राति करिब ९:३५ बजेतिर ६१२ जना कैदी रहेको उक्त भवन भत्किएको हो । थुनुमा रहेका कोही पनि कैदीबन्दी भने भाग्न नपाएको कारागार प्रशासनले जनाएको छ । जीर्ण रुपमा रहेको भवन आज भएको वर्षाको कारण भत्किएको हो । घटनाका कारण डिल्लीबजाको बाटो अवरुद्ध भएपछि जेसीबीको सहायतामा बाटो खाली गरिदै छ ।

सर्वसाधारणको बाक्लो ठाउँ उपसिथती रहेको सो ठाउँमा दिउँसो घटना भएको भए ठूलो क्षति हुन सक्ने सम्भावना रहेको प्रहरीले जनाएको छ । बिजुली नभएका कारण अहिले सो क्षेत्रमा अन्धकारमय बनेको छ । लामो समयदेखि खाली रहेको जीर्ण भवनमा भीआईपी कैदीहरु सांसद रेशम चौधरी, रामचन्द्र प्यासी, पूर्व डीआईजी रञ्जन कोइराला रहेका थिए ।

प्रहरीका अनुसार मानविय क्षती भएको छैन । ६१२ जना कैदी रहेको उक्त कारागारमा अहिले कुनै सुरक्षा चुनौती छैन । घटनास्थल भन्दा अलि भित्रै कैदीहरु रहने व्यवस्था छ ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर