सामसुङले ल्यायो अनौठा फोटो खिच्ने प्रविधि 'ISOCELL GN1'

२०७७ असार ५ शुक्रबार ०७:४४:०० मा प्रकाशित

काठमाडौँ : सामसुङले युवा वर्गलाई लक्षित गर्दै द्रुत अटो फोकस तथा गुणस्तरीय तस्बिर खिच्न सजिलो हुने गरी 1.2μm साइज र 50 MP सहितको नयाँ प्रविधि 'ISOCELL GN1' प्रविधि सार्वजनिक गरेको छ ।

५० मेगापिक्सल इमेजको साइज र १ दशमलब २ म्यु सहितको यस प्रविधि मोबाइल फोटोग्राफीका लागि आकर्षक मानिएको छ ।आइएसओसेल जी एन १ सामसुुङको पहिलो इमेज सेन्सर हो, जसमा डुएल पिक्सेल र टेट्रासेल प्रविधि हुन्छ ।

जसले अँध्यारोमा पनि सहज हुने गरी लाइट सेन्सिटिभिटी प्रदान गरेको हुन्छ । साथै डिएसएलआर स्तरको अटो फोकसको गति यसमा हुन्छ । जुन प्रविधि गतिशील दृश्य खिच्न उपयुक्त र सहज मानिन्छ ।

कम्पनीका अधिकारीहरुका अनुसार आइएसओसेल जीएन १ प्रतिकुल वातावरणमा पनि आश्चर्यजनक तस्बिर कैद गर्न सकिने एक नयाँ प्रविधि हो । सामसुङ इलोक्ट्रेनिक्स अन्तर्गत सेन्सर बिजनेस उपाध्यक्ष योंगिन पार्कले समयानुकुल अत्याधुनिक प्रविधिबाट मोबाइल फोटोग्राफी गर्न सकिने प्रविधि भविष्यमा पनि ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

पछिल्लो आधुनिक समयका युवा पुस्ताको रुची अनुसार जस्तोसुकै परिस्थितिमा आकर्षक र आश्चर्यजनक तस्बिर खिच्नमिल्ने प्रविधिको रुपमा सामसुङले हालै परिचित गराएको आइएसओसेल जी एन १ लाई लिइन्छ । जुन प्रविधिमा उच्चस्तरीय अटो फोकसको सुविधा हुन्छ ।
(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर