सोरायसिस एक चर्म रोग हो ः कसरी घरमै निर्मूल हुन्छ ?

२०७७ असार ४ बिहीबार १०:५२:०० मा प्रकाशित

सोरायसिस छालामा लाग्ने एक प्रकारको संक्रमण हो । विभिन्न छालाजन्य कोषहरुको अतिरिक्त उत्पादन हुनुले यस रोगको असर शरिरमा देखिने गर्छ सोरायसिस शरिरका छालामा लाग्ने जीवाणुका कारण उत्पन्न हुने रातो घाउ खटिराका कारण पैदा हुने समस्या हो । 

घरेलु उपचार विधि 
सोरआइरेसिस चिकित्सकको सल्लाह अनुसारको उपचार अनि घरेलु विधि दुवैबाट उपचार गर्न सकिन्छ । विरामीले शुरुमा चिकित्सकको सुझाव दिन जरुरी देखिन्छ । त्यसपछि सो रोगको लक्षण देखिएमा पनि त्यती घातक हुन आउँदैन ।

सूर्यको प्रकाशसँगै नजिकिने
कुनै व्यक्तिमा सोरआइरेसिको लक्षण देखिएको छ भने सुर्यको तापमा  बस्नाले रोगको लक्षण हराउने बताइन्छ । अमेरिकी राष्ट्रिय सोरआइरेसिस फाउण्डेसनले छालाको रोग भएका विरामीलाई दिनको ५ देखि १० मिनेट सूर्यको प्रकाशमा वस्न सुझाएको छ । निमूर्लताको लागि सनस्क्रिनको प्रयोग अनिवार्य रहेको छ । शरिरमा लगाएको लुगाले ढाक्ने हुँदा रोगको संक्रमण कम देखिने गर्छ । दैनिक ३० सेकेन्ड जति घाममा शरिर राख्नै पर्ने विज्ञहरु सुझाउँछन् । सोरआइरेसिस रोगको संक्रमणमा शरिरमा सूर्यको युभिवि किरणको प्रभावलाई त्यति नकारात्मक रुपमा लिइदैन । घर भित्रै वस्ने मानिसमा घर बाहिर हिँडडुल गर्ने मानिस भन्दा छालाका अवुद्र्व रोगको संक्रमण बढि मात्रामा देखिने गर्छ जसलाई हामी मेलानोमा पनि भन्ने गर्छौ । अमेरिकी डर्मिट्योलोजी र राष्ट्रिय सोरआइरेसिस फाउण्डेसनको संयुक्त पहलले व्यवसायिक रुपमा टेनिङ्ग खाटहरुमा वन्देज नै लगाएको छ ।

माछाको तेल वा ओमेगा–३ मा पाइने चिल्लो पदार्थ
ओमेगा ३ मा प्रचुर मात्रामा चिल्लो एसिड पाइने गर्छ । खास गरेर माछा र माछाका तेलको प्रयोगमा शरिरका मांसपेशीहरु सुन्निने रोग हराउने प्रबल सम्भावना हुन आँउछ । २०१४ को मेटा विश्लेषणको अनुसार सोरायसिसको निर्मूल तथा शरिरको दुखाई कम गर्न माछाको तेलले मानव शरिरमा आत्म निरोधक काम गर्ने बताएको छ । भनिएको छ, चिकित्सकले सुझाएको  नियमित औषधीको सेवनले मांसपेशि सुन्निने रोगको निवारण नै हुनेगर्छ । 

रातो खुर्सानीको प्रयोग
त्यसो त शरिर सुन्निने रोग लागेको मानिसलाई रातो खुर्सानीको प्रयोग खानामा प्रयोग गर्न पनि सुझाइन्छ । शरिरको गलाई, मांसपेशी सुन्निने,दुख्ने र धब्बा हुने कार्य रातो खुर्सानीको क्रिमबाट निराकरण हुने मानिएको हो ।
(स्रोतः मेडिकल न्युज टुडे) 
 
 
 

ताजा खबर