नापोली ६ वर्षपछि कोपा इटालीया च्याम्पियन

२०७७ असार ४ बिहीबार ०८:१३:०० मा प्रकाशित

नापोली ६ बर्षपछि कोपा इटालीया च्याम्पियन बनेको छ।

कोपा इटालीया अन्तर्गत बुधबार राति भएको फाइनलमा प्रतियोगिताकै सर्वाधिक सफल टिम युभेन्ट्सलाई टाइब्रेकरमा हराउँदै नापोलीले उपाधि जितेको हो ।

टाइब्रेकरमा नापोलीले युभेन्टसमाथि ४(२ गोलअन्तरले जित दर्ता गर्‍यो । प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेटसम्म दुवै टिमले गोल गर्ने मौका पाए पनि सदुपयोग गर्न सकेनन् । त्यसपछि खेल टाइब्रेकरमा पुग्यो । जसमा युभेन्ट्सले दुई गोलमात्र गर्न सक्यो भने नापोलीले चार गोल गर्‍यो ।

युभेन्ट्सका पाउलो डिबाला र डानीलोको प्रहार गोल हुन सकेन । नापोलीका लोरेन्जो, म्याटियो पोलीटानो, अर्कादियस्ज मिलिक र म्याक्सीमोभिचले गोल गरेका थिए ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर