विद्यालय भन्दा अगाडी अनलाइन सिकाइने सामाजिक मान्यता

२०७७ असार ३ बुधबार ११:०३:०० मा प्रकाशित

स–साना बालबालिकाहरु आफ्ना शिक्षक तथा कक्षाकोठाका दौतरीहरुसँग मिलजुल गर्न लालायित हुन्छन् । उनीहरु बोलिचालीमा व्यवहारिक हुँदैनन् । एक आपसमा अंगालो मार्नु, सामुहिक खेल खेल्नु, गीत गाउनु, काखमा बस्नु र भाँडाकुटी खेल्नु बालबालिकाको पहिचान हो ।
प्रत्येक अभिभावकले मेरा शिशु कस्ता शिक्षक, साथीहरुको नजिकमा छन् ठम्याउन जरुरी छ ।
के बालबालिका आधुनिक सञ्चार सामाग्रीका उत्पादन चलाउन सक्षम छन् ? कतिपयले अनलाइन चलाएको पनि देखिने गरिन्छ ।
यस प्रकारको आधुनिक सामाग्रीको प्रयोगले अभिभावकमा सन्तुष्टिको भाव पैदा गर्छ । त्यसो त इन्टरनेटको दृश्यावलोकनबाट पनि  मनोवैज्ञानिक रुपमा बालबालिकाले ज्ञान हासिल गर्छन ।

बालबालिकामा भर्चुवल कनेक्सन
भर्चुवल प्रोग्राम बालबालिकाको लागि आवश्यक रहेको बताइन्छ ।
अनलाइन सम्पर्कले बालबालिकाको लागि साथीसंगी, हजुरआमा, हजुरबा प्रतिको सम्पर्क ले बालबालिका समाजमा सहनशील,सुरक्षित र विश्वासी बनाउने एक प्रकारको तर्क पनि गरिन्छ । उनीहरु चित्रहरु लाई स्क्रीनमा ठूलो पारी हेर्ने गर्दछन् । इन्टरनेटमा हुने पेजलाई डिजिटल तरिकाले पढ्नु उनीहरुको शौक हुनेगर्छ । स्क्रिन अघिपछि गर्दै भाषा पढ्नु, भिडियो च्याट गर्नु, नौला मानिसमाथि सञ्चार हुनु बालबालिकाको सामाजिक पूँजी हो ।
बालबालिकाले साधारण प्रश्नको प्रतिउत्तर क्षमता निर्वाह गर्न सक्दैनन् । उनीहरुलाई हप स्कच, संगीत, बाहिरी भ्रमण र कथा सुन्ने समय दिइनुपर्छ । त्यसो त उनीहरु राम्ररी न्यापकिन प्रयोग गर्न पनि जान्दैनन । उनीहरुमा हुने संज्ञानात्मक ज्ञान एकदम कमजोर हुने गर्दछ । न उनीहरु साधारण बोलीचालीमा खप्पिस हुने गर्छन । न सांकेतिक रुपमा ।
बालबालिकालाई खुसी पार्न अभिभावकले धेरै कार्य गर्न जरुरी देखिन्छ न की चकलेट र ललीपप मात्र वितरण गर्ने ।
(स्रोतः सिएनएन हेल्थ)
 

ताजा खबर