हेपटाइटिस सी र मध्यपान

२०७७ असार २ मंगलबार १२:०७:०० मा प्रकाशित

कलेजो खराब भएका व्यक्तिमा हेपटाइटिस सी र मध्यपानको दोहोरो प्रभाव रहन्छ । मानव शरिरमा कलेजो एक महत्वपूर्ण अङ्ग हो । हेपटाइटिस सीले कलेजोमा आक्रमण गर्छ । झन् त्यसमाथि हुने मध्यपानको कारण अनेकौं कोषिका मर्छ । यसको निरन्तर सेवनले शरिरको प्रमुख अङ्ग कलेजोमा हुने कोषको मरण निरन्तर हुँदै जान्छ ।

मध्यपान र हेपटाइटिस सीको कलेजो माथिको आक्रमण
मध्यपानको सेवन कलेजो विरामीको लागि विख हो । हेपटाइटिस सी नलागेको विरामीको लागि पनि साधारणतया मध्यपान हानिकारक नै हुने गर्छ । तर पनि तपाईँमा भाइरस संक्रमण छ भने होस पु¥याइहाल्न जरुरी देखिन्छ ।
कलेजोको काम चयापचाय हो । यसको कार्य पोषणमा पाउने गुलियो पदार्थ, पौष्टिकता र शरिरलाई चाहिने अन्य पदार्थ रगतमा घुलाइदिन्छ । शरिरलाई चाहिने प्रोटिनलाई आवश्यक मात्रामा निस्काशन गर्दछ ।
तर हेपटाइटिस संक्रमण भएका रोगीको हकमा रक्सीजन्य पदार्थको थोरै सेवन पनि शरीरमा टोक्सिनमा बदल्न सक्छ ।
साधारण अवस्थामा कलेजोमा चोटपटक वा घाउ भएमा पनि उपचार सम्भव हुन्छ । तर भाइरस, हानिकारक औषधी र मादक पदार्थको प्रयोगले कलेजोको स्वस्थ्य कोष पनि घाउमा परिणत हुन्छ । तर पनि हेपटाइटिस सी संक्रमण भएको विरामीले वेवास्ता गर्दै जाने र मादक पदार्थ सेवन गर्ने हो भने किरहोसिस हुने गर्दछ ।

मध्यपान र हेपटाइटिस सीको उपचार
मानिसले दैनिक मादक पदार्थ सेवन गर्दै जाँदा हेपाटाइटिस सी को संक्रमण बढ्दै जाने गर्छ । त्यसो त धेरै मात्रामा रक्सीको सेवनले रोग प्रतिरोधात्मक क्षमतामा ह्रास ल्याउँछ भनिन्छ पनि । रक्सीजन्य पदार्थको प्रयोगले भाइरस संग लड्ने क्षमता घटाउँछ र शरिरलाई भाइरल गराउँछ ।
४० वर्ष भन्दा माथिका मानिसलाई मादक पदार्थको सेवनले कलेजो विग्रने रोगको असर बढि हुन्छ । घरमा मादक पदार्थ राख्नु हुँदैन त्यसैपनि रक्सी पिउँदा धेरै धनको सर्वनाश हुने गर्दछ ।
(स्रोतः सिएनएन हेल्थ) 


 
 

ताजा खबर