सन् २०२१ को ओस्कार  महोत्सव तोकिएको मिति भन्दा पर धकेलियो

२०७७ असार २ मंगलबार ११:१४:०० मा प्रकाशित

आगामि वर्ष फेब्रुवरी २८ मा हुने भनिएको ओस्कार एकेडमी अवार्ड अप्रिल २५ तारिकमा सुरुवात हुने भनिएको छ । हाल आउने वर्षको ओस्कारलाई ध्यान दिँदै वेलायती एकाडेमी चलचित्र पुरस्कार ११ अप्रिल देखि मात्र शुरु हुने बताएको छ । यस वर्षको अन्तमा प्रदर्शनमा आउने अधिकाशं चलचित्र नोवल कोरोनाको कारण सिनेमा घरमा नचलेको भनिएको हो ।

इतिहास घटनाक्रमलाई पछ्याउँदा विगत तीन समयमा मात्र ओस्कार रोकिएको पाइन्छ । १९३८ मा अमेरिकाको लस एन्जलस मा आएको बाढिमा ११५ जना मृत्यु भएको समय, १९६८ मा नोवेल पुरस्कार विजेता तथा नागरिक अधिकारकर्मी डा. मार्टिन लुथर किङ्ग वितेको समय र १९८१ मा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको वित्दा मात्र ओस्कार चलचित्र महोत्सवको मिति पर सरेको इतिहास रहेको छ ।

हालसम्म महोत्सव भर्चुवल हुने अथवा व्यक्तिलाई नै सम्मानित गरिने सार्वजनिक भएको छैन । डेभिड रविन एकाडेमिका अध्यक्ष हुन् । डन हडसन एकाडेमिका प्रमुख कार्यकारी भन्छन् ,“शताब्दी देखि चलचित्रले संवेदनशिल समयमा मानव जीवनको लागी आरामदायी, हौसला मूलक, मनोरञ्जनात्मक भूमिका खेलेको छ । यो वर्ष पनि त्यस्तै संवेदनशील बनेको छ । यो वर्ष चलचित्र निर्देशकको खातामा छाँयाङ्कनको समय निर्धारित छैन । समयमा चलचित्र निर्माण नगर्दा पनि उनीहरु दण्डित हुनु पर्दैन । अव आउने ओस्कार ऐतिहासिक हुने छ । यो महोत्सव एक संङ्ग्राहलय जस्तै हुने छ संसारभरका चलचित्र फ्यानहरुलाई फिल्मले नै जोड्ने छ ।”

अरु समय भन्दा अपवादको वर्ष
मोसन पिक्चर आर्ट भनेको के–के भिडियो स्ट्रिमिङ्ग भइरहेको छ  भन्ने हो । अव आउने वर्षमा कुन चलचित्रको प्रदर्शन राम्रो हुनेछ र कुनलाई विषेश मूल्याङ्कन गर्दै पुरस्किृत जाने पिक्चर आर्टको काम हो भनिएको छ । लस एन्जलस्मा सिनेमामा को प्रदर्शन एक पटक भएपछि मात्र फिल्मलाई छनौटको प्रकृयामा लाने वैधानिकता मिल्ने बताइएको छ ।

तर कोभिड–१९ को महामारीको कारण यो वन्द भएको छ । धेरै चलचित्र प्राय ठप्प छन् । कोरोनाको कारण ओस्कार जस्ता विश्वका ठूला मनोरञ्जनका उत्पादन मात्र रोकिएका छैनन् । एक अमेरिकी ख्यातिप्राप्त फिल्मी टोनी थिएटर पुरस्कार पनि कोभिड–१९ ले गर्दा पर सरेको छ । केही युरोभिजन सङ्ग कन्टेस्ट इभेन्ट पनि रोकिएको अवस्था छ ।
भनिएको छ, १० चलचित्र ओस्कार एकेडेमिको छनौटमा पर्नेछन् । 
(विविसी इन्टरटेनमेन्ट एण्ड आर्टस)
 

ताजा खबर