कोरोना भाइरसका कारण बेलायतमा चलचित्र हल बन्द

२०७७ असार १ सोमबार १०:०८:०० मा प्रकाशित

डिनर्स क्लब जानु वा वेसबल खेल्नु आम युरेपेलीकोे शौक हो । त्यससँग सँगै आफ्नो सवारी साधन हाँक्दै अगिल्लो सिटबाट कार भित्रै सिनेमा हेर्नु उनीहरुको लागि कुनै रोचक विषय होइन ।
८ हप्ता अगाडी फिल्मी दुनिँया त्यति लोकप्रिय भने थिएन । त्यसपछि ड्राइभ इनले धेरैको साथ दियो ।
बेलायती ख्यातिप्राप्त स्थानिय कलाकार आयन मारियोट भन्छन्,“ म सधैं काम देखि थकित हुन्छु । सोच्छु । तर पारिवारीक परिश्रम पनि त छ । हामी अचेल ड्राइभ इन थिएटरमा जोड दिइरहेका छौं । समाजमा घट्ने वास्तविक विषयवस्तु दृश्य उतार्नु नै हाम्रो रोजाई रहेको छ । ”
उनको धर्मपत्नी रोजीयान माइरीयोट पनि एक कलाकार नै हुन । उनीहरुको नीजि निवास नर्थए्याप्टनसाइरको सिल्भरस्टोनमा कोरियनका साथै अमेरिकी ड्राइभ सिनेमाको चर्चा परिचर्चा हुने गर्छ ।
आयन र रोजीनि जुलाइ देखि डिसेम्वरको विचमा डर्बीसायर फुटबल ग्राउण्ड खोल्ने योजना रहेको छ भने जोकर एण्ड रकेट म्यान नामक ब्लकबस्टरको निर्माण गर्ने दम्पति बताउँछन् ।
झन् हालै बेलायती प्रधानमन्त्री वोरिस जोन्सनले सोमबारबाट चलचित्र सिनेमा घरमा लाग्ने भने पछि उनीहरुको सपना साकार भएको बताइएको छ ।
आयन सिनेमाको लगानीकर्ता उनी आँफैँ भएको र उक्त व्यवसायमा टिक्न धैर्यता बाहेक केही नरहेको भन्छन् । उनको भनाइमा जेटजिस्ट अभियान ताका मानिसहरु सचेत थिए सिनेमाको होडबाजी थियो । त्यतिबेला ओपन एयर सिनेमाको बिगबिगी रहेको उनी बताउँछन् ।
डेनी व्यानथ्रोप नर्विचका पपअप पिक्चरका निर्देशक हुन् । उनी भन्छन्,“ बेलायतमा हाल २० प्रतिशत ड्राइभ इन सिनेमाको निर्माण गरिन्छ । यसो हेर्दा कम्पनीको कारोबार त प्रशस्त लाग्छ तर फाइदा नगन्य रहेको छ । थोरै मार्जिनमा काम गर्नु पर्छ ।  ५ वर्ष भयो । गर्मी गयो । जाडो गयो । क्रिसमस गयो । हलोेइन पनि गयो । आफू कार चलाउनमा मात्र अभ्यस्त छु ।”
उनी थप्छन् ,“लाइसन्स लिएर निर्माण गरेको चलचित्रको लगानी धेरै हुन्छ । बक्स अफिसबाटै ४०% पैसा उठाउँछ । अरु स्क्रिन नाटक को कुरा गर्दा यसका दर्शक धेरै  कार चालकका लागि मात्र सिमित हुने गर्दछ । बढिमा बढि ५०० मानिस यसका दर्शक होलान । १०० कार चालक यसका दर्शन बन्ने होलान् । त्यस्ता चलचित्रको लगानी उठ्न मुस्किल हुन्छ” 
१९३३ देखि नै ड्राइभ इन मूभीको न्यु जर्सीमा प्रचलनमा आएको बताइन्छ ।
सिनेमा घरका ठूला पर्दामा देखिने बिग स्क्रिन सिनेमा भन्दा ड्राइभ इन सिनेमा लाई पुरानो चलचित्र पर्दाघर मानिन्छ ।
(स्रोतः विविसी इन्टरटेनमेन्ट एण्ड आर्टस्)
 

ताजा खबर