कोरोना असर:  एकैदिन थपिए ४ सय ४८, अब संक्रमित संख्या ५ हजार ६२ 

२०७७ जेठ ३० शुक्रबार १७:४८:०० मा प्रकाशित

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । शुक्रबार मात्रै एकैपटक ४ सय ४८ जना कोरोना संक्रमित थपिएपछि यो क्रम बढ्दैजाने संकेत देखिएको छ ।
 
  स्वास्थ्य तथा जनसंख्‍या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार शुक्रबारमात्रै ४ सय २४ पुरुष र २४ जना  महिलामा कोरोना पुष्टि भएको छ ।

  पछिल्लो विवरण अनुसार, नेपालमा कोरोना संक्रमितको संख्‍या ५ हजार ६२ पुगेको छ । कोरोनाले १६ जनाको ज्यान लिएको छ ।

अहिलेसम्म देशका ७२ जिल्लामा संक्रमित भेटिएका छन् । देशभर १ लाख ५८ हजार ५० जना क्वारेन्टाइनमा रहेका प्रवक्ता गौतमले जानकारी दिए। गौतमका अनुसार, हालसम्म १ लाख २१ हजार ८ सय ६२ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । 

ताजा खबर