डोल्पाका ५८ वर्षीय पुरुषको मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि

२०७७ जेठ २४ शनिबार १४:१०:०० मा प्रकाशित

काठमाडौं । डोल्पामा मृत्यु भएका एक जनामा कोरोना पुष्टि भएको छ । डोल्पा जगदुल्ला गाउँपालिका वडा न। ३ निवासी ५८ बर्षिय पुरुषको गत जेठ २० गते डोल्पा होम क्वारेन्टाईनमै मृत्यु भएको र उनको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जानकारी दिएको छ ।

प्रतिष्ठानले प्रकाशन गरेको बिज्ञप्तिमा ती व्यक्ति अस्थायी बसोवास सुर्खेतमा गर्दै आएका र २०७७ जेठ १६ गते डोल्पा घरमा गई होम क्वारेन्टाईनमा बसेका थिए । यसैगरी उनको जेठ २० गते घरको होम क्वारेन्टाईनमै मृत्यु भएको जानकारी गराइएको छ । यसैगरी उनको जेठ २२ गते स्वाब संकलन गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याईएको थियो । पिसिआर विधीबाट परीक्षण गर्दा नतिजा पोजेटिभ आएको निर्देशक मंगल रावलले बताए ।

प्रतिष्ठानले बिज्ञप्ति मार्फत घटना स्थल भौगोलिक दुरीले टाढा भएकाले त्यहाँका स्थानीयको समन्वयमा अन्य सम्पर्कको खोजी गरिने बताएको छ । अव डोल्पाको ५८ बर्षिय पुरुषको यो घटना सहित कर्णालीमा कोरोनाको कारण मृत्यू हुने संख्या ३ जना पुगेको छ । यस अघि सुर्खेतमा एक र दैलेखमा एक जानको कोरोनाका कारण मृत्यू भएको पुष्टि गरिएको छ । 

ताजा खबर