कोरोना असर:  मृतक १०, संक्रमित २६ सय ३४

२०७७ जेठ २२ बिहीबार १८:१०:०० मा प्रकाशित

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संंख्या १० पुगेको छ । पाल्पाका ४५ वर्षीय पुरुषको भाइरसको संक्रमणबाट मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । पाँचदिनअघि भारतबाट घर आएका पाल्पाका ती पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

संक्रमित ह्वात्तै बढे

यता कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । बिहीबार मात्रै ३३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि देशभरमा संक्रमितको संख्या २६ सय ३४ पुगेको मन्त्रालयले जानारी दिएको छ ।
बुधबार २०१ जना र मंगलबार २८८ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो । हरेक दिन संक्रमितको  संख्या बढ्दै गएको छ ।

बुधबार पीसीआर विधिबाट ८४ हजार एक सय ३४ र आरडीटी विधिबाट एक लाख २५ हजार पाँच सय ६४ को नमूना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार आठ सय ६७ र आरडीटी विधिबाट पाँच हजार एक सय ८५  जनाको नमूना परीक्षण गरिएको हो । 

विराटनगरमा एक, वीरगन्जमा एक, बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका १८, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, हेटौंडा ९, पोखराको प्रयोगशालामा परीक्षण गराएका १६, सेती प्रादेशिक अस्पतालको परीक्षणमा ३, भेरी अस्पतालको परीक्षणमा ४२, धुलिखेल अस्पतालको परीक्षणमा १७, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान १५, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान १०६, कोसी अस्पतालमा ५, प्रादेशिक अस्पताल सुर्खेत आठ, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु ९३ जना बिहीबार थपिएका संक्रमित हुन् ।
 

ताजा खबर