अब फिल्ममा देखिनेछन् केजरीवाल
२०७४ कार्तिक १० शुक्रबार १३:१८:००
मा प्रकाशित

मुम्वई । दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालको जीवनमा आधारित बायोपिक अब फिल्ममा प्रदर्शन हुने भएको छ । बायोपिक फिल्मको नाम ‘एन इन्सिग्निफिकेन्ट म्यान’ राखिएको छ ।
खुश्बू रान्का र विनय शुक्लाले निर्देशन गरेको यो ननफिक्शनल राजनीतिक फिल्म हो । एउटा साधारण आम मानिसबाट राजनेता बनेका अरविन्द केजरीवालको भारतीय राजनीतिको संघर्ष र उनले भोगेका कथा फिल्ममा समेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । फिल्म आउँदो १७ नोभेम्बरको दिन प्रदर्शन हुँदैछ । एजेन्सी