चिल्लो खाद्य पदार्थको सेवन, मानव मष्तिस्कको सोच्ने शक्तिमा ह्रास 

२०७७ जेठ २२ बिहीबार ०९:३४:०० मा प्रकाशित

एक अध्ययनको निश्कर्ष छ, धेरै चिल्लो मिश्रित खानेकुरा सेवन नगर्नुहोस । यसो हुँदा दिमागले सही कुरा ठम्याउन सक्दैन ।
पोषण सम्बन्धि निस्कने एक जर्नलको अनुसार मानिसले विचार नगरी अनावश्यक रुपमा धेरै चिल्लो खानेकुरा सेवन गर्दा मानव जाती मै मानसिक तथा शारिरीक शक्तिमा ह्रास आउने बताइएको हो ।

अत्याधिक चिल्लो मिश्रित खानेकुरा
अमेरिकी रोग रोकथाम तथा स्वास्थ्य पदोन्नति कार्यक्रम अन्तर्गत कुखुराको मासु, अन्य मासु जन्य पदार्थ र दुग्द्यजन्य पदार्थ शरिरको आवश्यकता भन्दा धेरै प्रयोग नगर्न सुझाइएको छ । अहिले विश्वमा चिल्लो वस्तुको उपभोग र जनस्वास्थ्यमा ध्यान आकृष्ट भइरहेको समय बताइँदै यो भनिएको छ, खाद्यन्नमा मिश्रित हुने वनस्पति जन्य तेल, अन्य तेल को बढि मात्रामा प्रयोग तथा काब्रोहाइडे«ेट मिश्रित पदार्थ मानव हृदयको लागि फाइदाजनक हुनसक्दैन ।
विएमजे नामक संस्थाले निकालेको अध्ययनमा मानव आमाशय, भूँडी, मष्तिस्क र संज्ञानात्मक ज्ञान ,  दृष्टिकोणको पनि शारिरीक मानव शरिरको प्रत्यक्ष सम्बन्ध हुने बताइएको छ ।

धेरै चिल्लो खानेकुरा
अवुर्द रोग भएका महिलाहरुमा शरिरलाई चाहिने भन्दा बढि मात्रामा चिल्लो पदार्थको सेवनले खुट्टा गल्ने तथा सुन्निने बताइएको छ ।
५१ जना मानिस माथिको नमूना राखेर गरिएको सर्वेक्षणमा अधिकाशं मानिसलाई टर्की, डिम्बा, विस्कुट र ग्रेभी खान दिइएको बताइएको छ ।
खाना पाचनको ५ घण्टा अतिरिक्त समयमा विभिन्न परिक्षण गरियो ।
नतिजा के देखियो भने १२ घण्टाको चिल्लो पदार्थ सेवनको समयमै मानिसको  इन्द्रियले लिने ध्यान र संज्ञानात्मक ज्ञानमा कमी आएको थियो ।
(स्रोतः मेडिकल न्युज टुडे)


 
 

ताजा खबर