सर्वनाममा १० मिनेट नाटक मेला हुँदै

२०७४ कार्तिक १० शुक्रबार ०८:४२:०० मा प्रकाशित

काठमाडौं, १०  कात्तिक । सर्वनाम थिएटरले तेश्रो देशब्यापी १० मिनेट नाटक मेला आयोजना गर्ने भएको छ ।  एकघण्टा भन्दा लामो नाटक हेरेका दर्शकहरुका लागि यो नौलो कुरा हुनेछ । पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न गरेको मेलाको तेश्रो संस्करणका लागि नाटक दर्ता गर्न सरोकारवालासँग आव्हान गरिएको छ । नाटकको अवधी जम्मा दश मिनेट वा सो भन्दा कमको हुनुपर्ने र नाटकमा नाट्य सामग्रीको प्रयोग एकदमै छोटो चाहिने बताईएको छ । देशब्यापी रुपमा गर्न लागिएको यो नाटक मेलामा मंसिरको तेश्रो साता देखि आयोजना गरिने भएको छ ।

आफुले जीवनभर कतै पनि आफ्नो कला देखाउन नपाएकाले अब यसमा नाटक देखाउन् भन्ने उदेश्यले दश मिनेट नाटक मेला आयोजना गरेको  सर्वनाम थिएटरका संस्थापक तथा निर्देशक अशेष मल्लले बताए । उनी भन्छन्,  दश मिनेट नाटक सिर्जना गर्न लागी प्रयाप्त नहोला, तर यो भनेको  थोरैमा धेरै भन्न सकिने अवसर हो ।

मेलामा सहभागी हुन रंगकर्मको योग्यता चाहिदैन, ब्यक्तिगत वा संस्थागत रुपमा सर्वनाम थिएटरमा गएर दश रुपैयाँ तिरी नाटक दर्ता गर्न सकिने मेलाका संयोजक राज शाहले बताए । नाटक मंसिर १५ गते सम्म सर्वनाम थिएटर कालीकास्थानमा दर्ता गरिसक्नुपर्नेछ र छनोट भएका नाटकलाई मंसीरको अन्तिम साता नाटक मेलामा सहभागी गराइने शाहले जानकारी दिए । 
 

ताजा खबर