अनुष्काको ‘पाताल लोक’: नेपालीभाषीको आत्मसम्मानमा चोट !

२०७७ जेठ २१ बुधबार १२:२०:०० मा प्रकाशित

काठमाडौं । आश्चर्य छ, केही फिल्म निर्माताहरु दर्शकलाई किन यति धेरै घृणा गर्छन् ? फिल्म निर्माताहरु दर्शकसामू त्यस्ता दृश्यहरु देखाइरहेका छन्, जसले दर्शकको मन दुखाउने गरेको छ । फिल्मलाई सफल बनाउने दर्शक विरुद्ध गरिएको यो भन्दा घृणित काम अरु के हुन सक्ला ?

केही फिल्म स्टार र निर्माताहरुले निश्चित समुदायलाई नश्लवादी नजरले हेर्ने गरेका छन् । उनीहरु ती समुदायलाई घृणाको पात्र बनाइरहेका छन् । यस्तो गलत काम गरेपनि उनीहरुमा कुनै पश्चाताप भने छैन ।

फिल्म र रचनात्मकताको आवरणमा केही समुदायको भावना र स्वाभिमानमा चोट पु¥याउने काम निरन्तर भइरहेको छ । मनोरञ्जन क्षेत्रमा काम गरिरहेका अहिलेका सेलिब्रेटीहरु परपीडकको पर्याय हुन् ? यो प्रश्न पेचिलो बनेको छ ।

यस्ता अधिकांश अपमानजक कथा वस्तुहरु कलाकारहरु र निर्माताको निश्चित समूहबाट आइरहेका छन् । दुर्भाग्य नै मान्नु पर्छ, यसका बावजुद दर्शकहरु उनीहरुको प्रशंसा गरिरहेका छन् । उनीहरुको निर्लज्ज र पूर्वाग्रही काम हेर्न दर्शकहरु आफ्नो अमूल्य समय वर्वाद पारिरहेका छन् । ध्यान दिएर हेर्ने हो भने, यस्ता फिल्म निर्माताहरुले व्यक्तिको भावनामा मात्रै चोट पु¥याएका छैनन्, यिनीहरुले मानिसको आधारभूत मूल्य र मान्यताहरुलाई छेड्ने काम गरिरहेका छन् ।

हालै बलिउड नायिका अनुष्का शर्माले यस्तै काम गरेर अखबारको पानामा राम्रै स्थान पाइन् । अमेजन प्राइममा प्रसारण भइरहेको वेब सिरिज ‘पाताल लोक’ का कारण उनी यसरी चर्चित÷आलोचित भएकी हुन् । सो सिरिजमा भारतका नेपालीभाषी समुदाय विरुद्ध घृणाको खेती गरिएको थियो ।

नेपालीभाषी विरुद्ध जातीय अपमान हुनेगरी गाली गरिएपछि भारतमा यसको ठूलो विरोध भएको थियो । नेपालीभाषीको भावनामा चोट पु¥याएको भन्दै भएको सो दृश्यको विरोध नेपालमा पनि भएको थियो । सिरिजकी एक महिला पात्रलाई उपयोग गर्दै फैलाइएको सो घृणा विरुद्ध पश्चिम बंगालको अदालतमा मुद्दा समेत दायर भएको छ ।

पश्चिम बंगाल र सिक्किमका गरी दुई विधायकले वेब सिरिजको सो नश्लवादी दृश्यको भत्सर्ना गर्दै भारतको सूचना तथा प्रशारण मन्त्रालयमा पत्र समेत पठाइसकेका छन् । पश्चिम बंगालका विधायक गौरव गगोईले सो सिरिज सम्बद्धलाई आवश्यक कारबाही गर्न माग समेत गरेका छन् ।

उक्त सिरिजको नश्लवादी दृश्यको भारतमा नै चौतर्फी आलोचना भयो । सिरिज विरुद्ध सडकमा आन्दोलन हुनुको साथै कानुनी उपचार पनि खोजिएको छ । तर, यसरी भारतमा कुनै जाति वा समुदायलाई लक्षित गर्दै घृणाको शिकार बनाइएको यो पहिलो अवसर भने होइन । पछिल्ला १० वर्षको मात्रै इतिहास हेर्ने हो भने यस्ता थुप्रै उदाहरण पाइन्छ ।

यस्ता फिल्महरुले निश्चित समुदायको सांस्कृतिक पहिचानको गलत व्याख्या गर्ने गरी विषयवस्तुको उठान गर्ने गरेको छ । यस्ता नाटकीय मनोरञ्जनले समाजको मान्यता र नैतिकतालाई विश्वास योग्य रुपमा प्रस्तुत गर्छन््, तर ती विरोधाभाषी हुन्छन् । सस्तो मनोरञ्जनका लागि गरिएका यस्ता कार्यहरुले कसरी नैतिकताको मान्यता स्थापना गर्न सक्छ ? प्रश्न गम्भीर छ ।

भारतमा यस्ता खेलका फिल्म, साना पर्दाका चलचित्र बनाइएका छन्, जसले धार्मिक मान्यता र नैतिक अभ्यासको अस्तित्वलाई स्पष्ट रुपमा नकारेको छ । तर दुर्भाग्यवश, अधिकांश अवस्थामा फिल्म निर्माताको गलत मनशाय नबुझेर दर्शकहरु यस्ता कथामा सहजै भ्रमित हुने गरेका छन् ।

पैसा कमाउने उद्देश्यले गरिएका यस्ता भयानक गल्तीहरुलाई पनि दर्शकहरुले अधिकांश अवस्थामा माफी दिने गरेका छन् । दर्शकहरु यस्ता कलाकारका गल्ती माफ गर्दै पुनः प्रशंसा गर्न थाल्छन् । यो तथ्य विचित्र छैन ?

यसअघि बनाइएको बलिउड फिल्म ‘पद्मावती’ मा पनि यस्तै घटना भएको थियो । सन् २०१८ मा बनाइएको सो फिल्ममा राजपूत समुदायको आत्मसम्मानलाई ठेस पुगेको थियो । कुनै पनि समुदायले आफ्ना अग्रज र माता सम्मान चरित्रलाई यौन चाहना पूरा गर्ने वस्तुको रुपमा चित्रण गर्दा कसरी सहन सक्छ ?

यस्तै भारतमै बनेका ‘स्लमडग मिलिनियर’, ‘इन्साल्लाह फुटबल’, ‘इन्डियाज डटर’ जस्ता फिल्म देशलाई लाजै लाग्ने खालका थिए । यी फिल्महरुले देशको संप्रभुतामै खलल पु¥याउँदै विभिन्न समुदायबीच फाटो ल्याउने काम समेत गरेको थियो । सम्भ्रान्त समुदायका मानिसहरु कसरी आफ्नो जम्मभूमिको बारेमा गरिएको यो ठट्टालाई नजरअन्दाज गर्न सकिरहेका छन् ?

यस्तै केही समयअघि कमेडियन सुरलीन कौरले कृष्ण भगवान मान्ने धार्मिक संस्था इस्कोनलाई पोर्नोग्राफीसँग तुलना गरिन् । सो धार्मिक संस्थाले उनी विरुद्ध मुद्दा दायर गरिसकेको छ । तर गम्भीर प्रश्न, यस्ता भद्दा मजाकमा हाँसो र ताली दिँदा हामी कस्तो खाले भविष्यको अपेक्षा गरिरहेका छौं ? यही कारणले अहिले परिवारसँगै बसेर फिल्म वा कुनै टेलिभिजन प्रदर्शन हेर्न सकिने अवस्था छैन ।

ठूलो संख्यामा दर्शकले यस्ता कार्यक्रमहरु साथ दिन्छन् र यी कार्यक्रम सफल पनि हुन्छन् । तर दर्शकको यस्तो सदाशयको बदलामा फिल्म निर्माताहरु युवालाई गलत सूचना दिने व्यंग्य र अपवित्र भावना बाँडिरहेका छन् । यो सबै विषाक्त अवस्थाको मूल्य समाजले बारम्बार चुकाउनु परेको छ ।

अन्त्यमा, मजाक र मनोरञ्जनका नाममा कुनै समुदायलाई अपमान गर्ने कुरा सह्य हुनु हुँदैन । मानिस मृत वस्तु जस्तो होइन, जसका सामू जे राखेपनि उपभोग गरियोस् । मानवमा बुझ्न सक्ने क्षमता हुन्छ, कुन राम्रो हो र कुन नराम्रो हो भन्ने छुट्याउन सक्छन् ।

यसैकारण यस्ता गलत विषयवस्तु मिसाएर मनोरञ्जनका नाम दिइ समाजलाई भड्काउने र अन्धकारमा राख्ने प्रयास नगरियोस् । यस्ता दुषित विषयवस्तुले सामाजिक वातावरण र युवा पुस्तालाई गम्भीर असर पार्छ ।

यस्ता अशिष्ट र गलत महत्वाकांक्षा धेरै आइसक्यो । अब आम मानिसलाई पीडा दिने र तिनका आत्मसम्मानमा चोट पु¥याउने फिल्महरुलाई जोडदार रुपमा बहिष्कृत हुनेछन् ।  
(एएलटी न्यूजमा प्रकाशित विश्लेषणको भावानुवाद)


 

ताजा खबर