दुधजन्य पदार्थको दैनिक प्रयोग, उच्च रक्तचाप र मधुमेहबाट छुटकारा

२०७७ जेठ २० मंगलबार ०७:२५:०० मा प्रकाशित

दुग्द्यजन्य पदार्थमा मिश्रित चिल्लो पदार्थको प्रयोग मानिसको स्वस्थ्य पदार्थमा लाभ हुने एक अध्ययनले खुलाएको छ ।  करिब ४ करोड अमेरिकी नागरिक मधुमेह र उच्च रक्तचापको विराम हुने गरेको बि एम जे डायविटिज रिसर्च एण्ड केयर नामक शोधकर्ताले उल्लेखित गरेको छ । पश्चिमी मूलुकमा यस्ता रोगहरुको शिकार धेरै मात्रामा व्याप्त रहेको प्रमाणित खोजको निश्कर्ष रहेको छ ।

दुग्द्य पदार्थ मिश्रित खाद्य पदार्थको दैनिक सेवनले उच्च रक्तचाप र मधुमेहलाई धेरै हदसम्म निर्मूल पार्ने तर्क यहाँ गरिएको छ । पश्चिमी युरोप, नर्थ अमेरिका लगायत अमेरिकामा खोजी गरिएको तथ्यमा दुग्द्य पदार्थ जन्य खानेकुरामा मिश्रित आवश्यक फ्याटको समिश्रणको कारण मानिसमा हुने यि दुई प्रमुख रोगको असर कम हुने खुलाइएको हो । अध्ययनको निश्कर्षमा भनिएको छ, मानव मुटु सम्बन्धि हुने उपापचयी लक्षणमा विभिन्न हृदयरोगको लागि पनि आवश्यक दुग्द्यजन्य पदार्थको उपभोग लाभदायक हुने प्रकाश पारिएको छ ।

अन्तराष्ट्रिय खोज
एसिया, उत्तरी अमेरिका, दक्षिण अमेरिका र युरोपका अधिकाशं मूलुकमा लिइएको सर्वेक्षण करिब एक लाख ५० हजार मानिस माथि तयार गरिएको बताइएको हो । खोजको उमेर समूह ३५ देखि ७० वर्षका मानिसहरु रहेका छन् । विभिन्न प्रश्नोत्तर गरिएको सोधमा मानिसहरुको दैनिक रोजाई दुध, दहि, चिज र यस्तै दुधबाट तयार पारेका खानेकुरा समावेश भएको थियो ।

मानिसलाई चाहिने घ्यु, क्रिमको दैनिक प्रयोग मानव स्वास्थ्यमा आवश्यक रहेको उनिहरुको प्रतिक्रिया रहेको पाइयो । दुग्द्य जन्य पदार्थमा पाइने चिल्लो पदार्थ (फ्याट) नै स्वास्थ्य सबल पार्ने उक्तम उपाय भनिएको हो । सहभागीहरुको स्वास्थ्य सर्वेक्षणमा तयार भएको प्रश्नोत्तरको नमूनामा मानिसहरुको स्वस्थ्य उपचारको विधि, चिकित्सकको पूर्जी, शिक्षा, रक्तचाप, कम्मरको नाप, शरिरमा ग्लुकुजको नाप र रगतमा भएको चिल्लोको मात्राको सूची तयार पारिएको थियो ।
(स्रोतः मेडिकल न्युज टुडे)


 

ताजा खबर