बालबालिकालाई स्वास्थ्य खानाः खानेकुराको छनौट

२०७७ जेठ १९ सोमबार ०७:४१:०० मा प्रकाशित

हामी खानेकुराको सेवनपछि कुराकानी गर्छौं । खाना खाएपछि हाम्रो गफगाफको विषय आफ्नो दैनिक कामकाज तर्फ हुने गर्छ  ।
त्यस्तै बालबालिकाहरुको बारेमा कुरा गर्दा गाँजर, च्याउ, हरियो सागशब्जी, केराउ वा ब्रोकाउली सधैं रहेको हुन्छ । पौष्टिक आहारको सेवनले मोटोपन हराउँदै जाने भनिँदै आएको छ । बालबालिकालाई चाहिने पौष्टिक आहार उनीहरुको लागि शक्तिवर्दक हुने चिकित्सकहरुको राय छ । उनीहरुले सेवन गर्ने आहरको बारेमा अभिभावक सधैं सतर्क रहनुपर्नेमा सल्लाह दिइन्छ ।

बालबालिकाको खानाको मात्रा
स–साना नानीहरुलाई भोक धेरै नै लाग्ने गर्छ । चाहिने भन्दा बढि खानाको सेवनले मोटोपन बढाउने संकेत गर्छ । बालबालिकाको खाना प्रतिको रोजाई सम्बन्धि एक प्रकारको खोज मा २ वा ५ वर्षको केटाकेटीले स्वादिष्ट खाना देख्दा झ्वाट्टै टिप्ने बताइएको छ । तर अन्न वा सागसब्जी खान उनीहरु हिचकिचाउने खुलेको हो । उनीहरुलाई हरियोसाग पात खानको लागि जोड दिनुपर्ने प्रकाशमा ल्याएको छ । प्रशस्त मात्रामा पानी खुवाउनु पर्ने अभिभावकको दायित्व हुन आउँछ । उनीहरुलाइ सधैं खाने खाना खुवाउन करकाप दिनुपर्ने अध्ययन बताउँछ । दैनिक खाने स्वस्थ्यकर खाना बालबालिकाले नरुचाएमा उनीहरुमा मोटापा बढ्ने तर्क वैज्ञानिकहरुको रहेको छ । बालबालिकाहरु हतपत्त खाना खान नमान्ने हुँदा उनीहरुको चाहना जस्तै भिडियो गेम वा यस्तै मनोरञ्जनात्मक कार्य तर्फ ध्यान आकर्षण गर्न सकिने बताइएको छ । बालबालिकाको रोजाई कुन तरकारी खाने रहेको भनाई रहने अभिभावक बताउँछन् । 

खाना खुवाउने विभिन्न विधि
सन्तुलित आहारमा अन्न, पौष्टिक आहार, फलफूल र सागसब्जी पर्छन । एक बालबालिकाको स्वास्थ्य सम्बन्धि पोर्टल हेल्दि चिल्ड्रेन डट अर्गको भनाईमा बालबालिकालाई उचित मात्रामा चिनी, नुन, कुकीज र सोडाको सेवन गराउनुपर्छ । सिजन अुसारको कागती, जडीबुटी र मरमसलाको प्रयोग गराएमा स्वस्थ्यकर हुने बताइन्छ ।
बालबालिकाको भोक लाग्ने समय अभिभावकलाई पहिल्यै थाहा भएमा फाइदाजनक हुने बताइन्छ । यस अवस्थामा जैविक रुपमा र वातावरणीय रुपमा उनीहरुको शरिर मजबुत हुने तर्क गरिन्छ ।
पोगितो खाना सेवन नगर्दा उनीहरुको मोटाईमा ह्वात्तै कमी हुने बताइन्छ । स्वस्थ दाँत बालबालिकाको लागि अनिवार्य छ । उनीहरुले खानेकु्रा राम्ररी चपाएर खानुपर्छ ।
(स्रोतः सिएनएन हेल्थ)
 

ताजा खबर