स्वस्थ्य मुटुको लागि, जीम जाने गरौं

२०७७ जेठ १७ शनिबार ०९:४८:०० मा प्रकाशित

एरोविक व्यायाम जस्तै पौडिनु, जगिङ गर्नु र साइकल चलाउनुले मुटु स्वस्थ्य बनाउने भनिएको छ । शरिरलाई चाहिने आवश्यक व्ययामको दैनिक प्रयोगले मुटुको धमनीले शरीरमा चाँडै रगत सञ्चालन गर्न सजिलो बनाउने बताएको छ ।  सन् १९५० अघि सम्म चिकित्सकहरुका सुझाव मुटु सम्वन्धित रोगहरु लागि शारिरीक व्यायाम गर्नु पर्ने भन्ने हुँदैनथ्यो ।

मुटु सम्बन्धि मायो क्लिनिकका चिकित्सक, रे स्क्वायर भन्छन्,“ मानिसलाई साधारण तथा ठीक खालको व्यायाम गर्नु भनि घर फर्काइन्थ्यो ।” ३० सेकेन्ड देखि केही मिनेटको धेरै कठीन व्यायाम सुझाइन्थ्यो । केही सजिलो व्यायाम धेरै समयसम्म प्रशिक्षण दिन  लगाइन्थ्यो ।

सन् २००९ मा एक औषधालय मायोक्लिनीकले हृदयरोगका विरामीलाई केही कठिन व्यायामको लागि निर्देशन ग¥यो । त्यसबेला अमेरिकामै हृदयरोग सम्बन्धि उच्च तीव्रताका अन्तरालको प्रशिक्षण भएको क्लिनिकका डायरेक्टर रे स्क्वायर खुलासा गर्छन । रोगबाट ग्रसित मानिसहरु २० मिनेटको मध्यम व्यायाम आँगनमा गर्न पनि सक्छन् भनिएको छ । गह्रौं व्यायामको प्रकार फरक रहेको दर्शाइएको छ । 

मानिसहरुको फिटनेस, मुटु सम्बन्धि समस्या, रोगको अवस्था जस्तै आर्थिसिस भएको वा नभएको हेरी व्यायामको प्रशिक्षण दिने भनिएको हो ।

हृदयघातको विरामीलाई वाहिरी चोटपटक घातक हुने चिकित्सकको सुझाव छ । नेदरल्यान्डमा भएको एक सर्वेक्षणमा मुटु सम्वन्धि रोगीलाई ४६,००० घण्टाको उच्च तीव्रता व्यायामको लागि प्रशिक्षण दिइएको भनिएको छ । हलुका र उच्च तीव्रताको व्यायाम गर्दा धेरै वजन भएका मानिसलाई भने गर्न गाह्रो हुने बताइएको हो । उच्च तीव्रताको व्यायामले मानिसमा स्वासप्रश्वासमा वाधा आउने वताइन्छ ।

उच्च तीव्रताका अन्तरालको व्यायाम प्रशिक्षण नौलो भएको र धेरै रोगीलाई स्वस्थ्य बनाएको प्रशिक्षकको ठम्याइ छ । व्यायाम नगर्ने मुटुरोगीको लागि व्यायाम गर्न हामीले सुझाएका छौंैं यद्यपी कसरतका तरिका भने छुट्टै रहेको चिकित्सकले बताएका छन् ।

एक महिना पहिला निस्काशन भएको एक अध्ययनमा भनिएको छ, “जति मात्रामा गोरा मानिस छन् त्यति मात्रामा महिला र श्यामश्वेत मानिस मुटुरोगको समस्याबाट बञ्चित छन् । ” (स्रोतः सिएनएन हेल्थ)


 

ताजा खबर