‘अहिलेको बाम गठबन्धन भनेको खाम गठबन्धन हो’

हामी लुटतन्त्र नै उखेल्न आएका हौं भनेपछि लुटतान्त्रिक गठबन्धनमा कतै बस्न सक्दैनौं ।  स्पष्ट रुपमा भन्ने हो भने बाम गठबन्धन भनेको खाम गठबन्धन हो र लोकतान्त्रिक गठबन्धन भनेको लुटतान्त्रिक नै हो । यो केवल लुट्नको लागि बनेको गठबन्धन हो र यसमा हामी इमानको राजनीति गरौं निष्ठाको राजनीति गरौं भन्ने मान्छेले उहाँहरुकै व्यवस्थाको बिरुद्ध लड्ने मान्छे एउटा सिमीत फाइदा हुन्छ भनेर लाग्दा हाम्रो मूल्य मान्यता केही बाँकी रहँदैन । त्यहि भएर हामी लेफ्ट राईट केही होइन सिधै अगाडि बढौं भनेर लागिरहेका छौं ।

व्यस्तता 
अहिले काठमाडौं क्षेत्र नम्बर ५ का आमनागरिकका कुराहरु सुन्न मै व्यस्त छु ।

राजनीतिमा प्रवेश 

म सूचना प्रविधिमा लागेको मान्छे । मैले सूचना प्रविधि उद्यमबाट रोजगार र अवसहरु सिर्जना गर्ने काम गरिरहेको थिएँ । मलाई के लाग्यो भने म एउटाले त सयौं रोजगार सिर्जना गर्ने परिस्थिति हुन्छ भने यदि यो वातारण नै राम्रो पार्यो भने यहाँ लाखौंलाई रोजगारी सिर्जना गर्ने माहोल बन्छ । युवाहरुले आफ्नै देशमा आफ्नै परिवारहरुसँग बसेर गरिखाने माहोल बनाउन सक्छन् भन्ने त्यो बिश्वास भयो । आफूसँग त्यो सिप पनि भएको हुनाले मैले राजनीतिक वातारण नै यो देशमा गरिखाने बनाउनु पर्यो भन्ने सोचें । यो लुटतन्त्रलाई जरैबाट उखेल्नु पर्छ भनेर राजनीतिमा लागेको हो । बिवेकशील आएको चाहिँ यो स्मार्ट फोनको जमानामा ल्याण्ड लाइनको जमाना जस्तो भयो । हाम्रा राजनीतिक दलका नेताहरुले २१ औं शताव्दि बुझ्दै बुझ्नु भएन । २१ औं शताव्दिमा जुन बिकास र सम्मृद्धिको मुद्धाहरु उहाँहरुले बुभ्mनै भएन । उहाँहरुले भोगेकै थिएन र उहाँहरुले त्यो किसिमको नेतृत्व दिनै सक्नुभएन । त्यो सहि नियत र सहि नेतृत्व भएको नेतृत्व चाहिन्छ भनेर बिवेकशील नेपाली स्थापना भएको हो । नागरिकलाई कसरी बिवेकशील बनाउनु पर्छ, समाजलाई कसरी आत्मनिर्भर उद्यमशील बनाउनु पर्छ र सरकारलाई कसरी सेवक बनाउनु पर्छ भन्ने उदेश्यका साथ यस्तो राज्य बनोस् जुन आमनागरिकको मित्र जस्तो होस् । परेको बेला मद्धत गर्न पनि सक्ने जस्ता परिकल्पना गरेर नै हामी अगाडि आएका हौं ।

चुनावको तयारी 

चुनावको तयारी एकदमै राम्रो भइरहेको छ । हामी र हामीलाई समर्थन गर्ने मेरो क्षेत्र नम्बर ५ मा सबै गरिखाने माहोलका नेपालीहरु हुनुहुन्छ । उहाँहरुले आ–आफना ठाउँमा, टोलमा र काम गर्ने ठाउँमा बसेर अब चाहिँ एउटै च्वाइस दिएका छन् कि उज्वल कि पुरानै भन्न पाउनुभएको छ । यसो भन्दा सबैले अब चाहिँ उज्वल मै जाँदा राम्रो होला भनेको छन् र त्यहि अनुसारको वातावरण पनि बन्दै छ ।

चुनाव जित्ने सम्भावना 

चुनाव जित्ने सम्भावनालाई हेर्दा हामीले पृष्ठभूमि पनि हेर्नु पर्ने हुन्छ । यसमा हेर्ने हो भने सत्य र तथ्यले नै हो प्रभाणित गर्ने । खाली भावुक भएर मात्र पनि हुँदैन । अर्को राम्रो कुरा के छ भने चार वर्ष अघि म यही ठाउँमा कुकुर छाप लिएर उठेंको थिएँ । जिन्दगीमा राजनीति नगरेको मान्छे र जिन्दगीमा भोट नगरेको मान्छेले ११ सय ६३ भोट पाएको थिएँ । त्यसपछि हाम्रो यही क्षेत्र नम्बर ५ मा बिवेकशील नेपालीको केन्द्रीय कार्यालय स्थापना भयो । फेरि भूकम्पमा हामीले उदाहरणीय कामहरु गर्न सक्यौं, जसले गर्दा यहाँका बासिन्दाहरु हाम्रो काम देखि प्रभावित भए । त्यसपछि डा.गोविन्द केसीको अभियान देखि लिएर लोकमान कार्कीलाई हटाउने  अभियानका कामहरु पनि गर्यौं । यी सबै कामहरु यही क्षेत्रतिर भएको हो । त्यसैले पनि यो क्षेत्रका मान्छेहरुले हामीलाई नजिकबाट चिनेका छन् । त्यसमाथि म जन्मेको हुर्केको ठाउँ पनि यही नै हो । हामी यहाँका पुरानो रैथाने नै हौं । यहाँ हामीले सामाजिक कामहरु पनि धेरै गरेका छौं र राजनीतिक हिसाबले पनि यहाँ हामी धेरै नै सक्रिय देखिएका छौं । त्यसैले पनि जित्ने सम्भावना मैले धेरै देखेको छु ।

अरु पार्टीहरुसँगको गठबन्धन 

हामी लुटतन्त्र नै उखेल्न आएको भनेपछि हामी लुटतान्त्रिक गठबन्धनमा त बस्न सक्दैनौं । अहिले स्पष्ट रुपमा भन्ने हो भने बाम गठबन्धन भनेको खाम गठबन्धन हो र लोकतान्त्रिक गठबन्धन भनेको लुटतान्त्रिक नै हो । यो केवल लुट्नको लागि बनेको गठबन्धनमा हामी इमानको राजनीति गरौं निष्ठाको राजनीति गरौं भन्ने मान्छेले उहाँहरुकै व्यवस्थाको बिरुद्ध लड्ने मान्छे कहिँ गएर एउटा सिमीत फाइदा हुन्छ भनेर लाग्दा हाम्रो मूल्य मान्यता केही बाँकी रहँदैन । त्यहि भएर हामी लेफ्ट राईट केही होइन सिधै अगाडि बढौं भनेर लागिरहेका छौं ।

 एकीकरण शक्ति बढ्यो

एकीकरणपछि हाम्रो शक्ति अवश्य बढेको छ किनभने हामी उर्जाशील संगठन त्यसमा हामी मात्र होइन कि अरु होस् भएका नेपालीहरु पनि जोडिँदा, साझामा पनि बिभिन्न बिज्ञहरु बिभिन्न बिविधताका साथीहरु जोडिँदा त अवश्य पनि बलियो हुन्छ नै । पहिला हामीलाई कसैले युवा मात्र भन्थे होला कसैले नयाँ मात्र भन्थे होला तर अब के भइसक्यो भने उहाँहरुमा एउटा राष्ट्रिय दल हुनका लागि एउटा परिपक्वता पुग्यो भनेर पनि धेरै साथीहरुले हामी पूर्व पश्चिम घुम्दा महशुस गरेका छन् ।

  एकिकरण भएपछिको फरक

फरक भन्दा पनि वान प्लस वान इलेभेन भन्ने माहौल बनेको छ । किनकी वान मात्र हुँदा जहिले पनि वान नै मात्र भनिन्थ्यो । अहिले मान्छेहरुको आशा बढेको छ । मान्छेहरुलाई राम्रो मात्र होइन कि जित्ला जस्तो पनि सोच्दा रहेछन् हामी नेपालीहरु । त्यसैले हामी अब मन पर्ने मात्र होइन कि यो मिश्रणले विश्वासलायक पनि हुने भयौं । त्यसैले उहाँहरुसँग बिश्वास गरेर राम्रोसँग मिलेर यो ठाउँसम्म आउन सक्ने एउटा आँट छ । यो देशमा नराम्रोको एउटा बेग्लै समूह नै छ र राम्रोहरु हामी चाहि आआफ्नै दुलोमा एक्लाएक्लै काम गर्छौ । त्यसरी अहिले उनीहरुले जितिरहेको हो । त्यसैले अहिले राम्रो एक ठाउँमा आएको हुनाले वान प्लस वान इलेभेन हुने परिस्थिति भएको हुनाले अब नेपालीहरुले निर्धक्कले भोट हाल्छन् ताकि उनीहरुलाई आफ्नो भोट खेर जाने भो भनेर डर हुँदैन ।

उम्मेदवार कति

हिमाली जिल्ला भएको हुनाले अहिले पहिलो चरणमा १७ जना उम्मेदवार छन् जुन थोरै नै छ । अब बिस्तारै अलिक धेरै हुन्छ । हाम्रो अहिलेसम्मको आँकलनमा देशभरीका मुख्यमुख्य उर्जा भएका केन्द्रहरुमा ५० जना जति उम्मेदवार उठाउँछौ र सशक्त चुनौति दिन्छौं । हाम्रो अहिलेको लक्ष्य भनेकै अवश्य पनि राष्ट्रिय दल बन्ने हो ।

आमनागरिकको रोजाई

अहिले आमनागरिकले जोश र होस् भएका नेपाली खोजेका छन् । त्यसैले पनि अहिले हामीले उठाएका सुवुना बस्नेतजी एउटा युवा मात्र होइन, २६ वर्षको महिला मात्र होइन । उहाँ  उद्यमशीलताको बिज्ञ पनि हुनुहुन्छ । त्यस्तै पुकार बम हुनुहुन्छ जसले समाजसेवा सिकाइराख्नु भएको छ । त्यस्तै डा. सूर्यराज आचार्य हुनुहुन्छ जो एशिया कै कहलिएको पूर्वाधारको बिज्ञ हुनुहुन्छ । यो मिश्रणले मेरो बिचारमा आम नेपालीमा एउटा बिश्वास जगाएको छ, जगाउँछ । आमनागरिकले पनि त्यसरी नै हेरिरहेका छन् जस्तो मलाई लाग्छ ।  किनकी नभए रन्जु दर्शनालाई त्यतिकै भोट हाल्दैन थिए होला । विवेकशील साझा पार्टीमा जनताले पत्याउने भरोसायोग्य आधार भएका उम्मेदवारहरु छन् ।


प्रस्तुति - सुकृत नेपाल    

  
  


  

ताजा खबर