कोरोना असर: एकैदिन थपिए ९०, देशभरको संक्रमित संख्या पुग्यो ७७२ 

२०७७ जेठ १३ मंगलबार १७:४८:०० मा प्रकाशित

काठमाडौं । कोरोना भारइरस संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । एकैदिन संक्रमित संख्या ९० जना थपिँदा देशभरीको संक्रमित संख्या ७७२ पुगेको छ । मंगलबारसम्मको परीक्षणमा कोरोन संक्रमितको संख्या ९० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार, बाँकेमा ८ जना, कपिलवस्तुमा २६ जना, अर्घाखाँचीमा २ जना, स्याङ्जा २ जना, गुल्मीमा २ जना, रुपन्देहीमा १ जना रहेका छन् । सुदुरपश्चिमको कैलालीमा १ जना र अछाममा १ जनामा कोरोना पुष्टि भएको छ। सुर्खेतमा थप १२ जनामा कोरोना लागेको छ ।

संक्रमित हुनेहरुमा महोत्तरीमा २ जना, जुम्ला स्थायी घर भई बारामा कार्यरत २ जना, बाराकै पचौटा नगरपालिकाका ३ जना, रौतहटका २२ जना, सिराहमा ५ जना, धनुषामा १ जना कोरोना संक्रमित भएका छन्।

यसैगरी, ११ देखि १६ दिनमा  भर्ना भएका ४३ जना नारायणी अस्पतालबाट डिस्चार्ज भएका छन्र । यो संख्यासँगै नेपालमा १५५ निको भएका छन् । संक्रमण भएको जिल्ला ४६ पुगेको छ भने अहिलेसम्म चारजनाको मृत्यु भएको छ ।  

ताजा खबर