आलुको पौष्टिकताले मांसपेशी दरिलो बनाउने

२०७७ जेठ १३ मंगलबार १०:०७:०० मा प्रकाशित

मानव जीवनमा आलुको योगदान उच्च रहेको बताइन्छ । एक सोधले आलुमा पाइने पौष्टिकताको कारण मानिसको मांसपेशि दरिलो हुने खुलाएको छ । स्विस जर्नल पोषणमा समावेश भएको आलेखमा बोट, वीउजनको सेवन मानिसको लागि लाभकारी हुने बताइएको हो । डायटको सन्तुलनले शारिरीक स्वास्थ्य, व्यायाम प्रणाली र वातावरणमा टेवा दिने बुझिएको छ । 

मांशहारी÷शाकाहारी पौष्टिकता
मासु जन्य खाद्य पदार्थ र वीउजनको सेवनमा धेरै फरक छ भनिएको हो ।
प्रकृतिको सम्बन्ध स्वस्थ्यसँग नजिक छ । वीउजन फलमा एमिनियो एसिडको मात्रा कम हुने विश्लेषण गरिन्छ ।त्यसो त साकाहरी भोजन पचाउन मानिसलाई गाह्रो पर्छ । तर मासु मिश्रित खाना चाँडै पच्छ । यसको एउटै कारण छ मांसहारी खानामा प्रचुर मात्रामा पाइने एमिनियो एसिड ।

साकाहारी भोजन
दुग्धजन्य र मांसहारी खानामा प्रचुर मात्रामा चिल्लो पदार्थ मिसिएको हुन्छ । मानिसको स्वास्थ्य सन्तुलनमा राख्न प्राकृतिक खानामा आश्रित हुनु पर्नेमा जोड दिइएको छ । बोट र वीउजन खाना नै प्रकृति मिश्रित सुहाउँदो खानेकुरा हो ।

खोनेकुरा उत्पादनको वेग्लै प्रक्रिया छ । खाना र प्रकृति दुई परिपुरक कुरा हुन् । भविष्यको लागि खानामा आत्मनिर्भर हुन वातावरणसँग आत्मनिर्भर हुनु पर्ने देखिएको हो ।
जर्नलले व्यक्ति, जनसङ्ख्या र ग्रहगोचरको जीवनको चक्र भएको खुलाएको हो ।

आलुको मानव भोजनमा छुट्टै स्थान छ । आलुको खासै स्वाद त हुँदैन तर यसमा पौष्टिकता भने प्रचुर मात्रामा समावेश हुने विज्ञानले प्रमाणित गरेको छ ।

२०१८ मा भएको एक अध्ययनले मांसहारी खाना भन्दा भेज खाना २२ गुणा शक्ति वर्धक रहेको खुलाएको हो ।
(स्रोतः मेडिकल न्युज)
 
 

ताजा खबर