पुनमले सगुनलाई धोका दिएपछि...

२०७४ कार्तिक ९ बिहीबार १४:४६:०० मा प्रकाशित

उर्लाबारी । सुमुधुर स्वरका धनी युवा गायक तिर्थराज राईको शब्द, संगीत र स्वरमा रहेको गीत ‘पागलै बनुकी म’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

म्युजिक भिडियोमा कलाकार देब राई, पुनम भण्डारी र सगुन नेम्बाङले अभिनय गरेका छन् । पूर्वका उर्लाबारी, दमक लगायतका विभिन्न शहरहमा छायाँकन गरिएको भिडियोलाई पछिल्लो समय पूर्वमा रहेर भिडियो निर्देशनमा सक्रिय निर्देशक भुपेन्द्र तुम्हाम्फेले निर्देशन गरेका हुन् ।
भिडियोको छायाङ्कन निर्देशक तुम्हाम्फे आफैले गरेका छन् भने भिडियोको सम्पादन दिदुस गजुरेलले गरेका हुन् ।

क्रिकोणत्मक लभ स्टोरीका आधारमा  निर्माण गरिएकोे भिडियोले युवापुस्ता प्रेममा पर्दा हुने विभिन्न खालका उतारचडावलाई सरल ढंगले प्रस्तुत गरिएको निर्देशक तुम्हाम्फेले जानकारी दिए । उनका अनुसार भिडियो सार्वजनिक भएसँगै सबैबाट राम्रो प्रतिकृया आइरहेका छन् ।
 

ताजा खबर