हजुरआमालाई नातीनातीनाको फोटो फेसबुकबाट हटाउनु भनेपछि ?

नेदरल्याण्डमा हजुरआमाले आफ्नो नातीनातिनाको फोटो फेसबुकमा राखेपछि आमाबुवाको अनुमति बेगर फोटो पोष्ट गरेको भनेर त्यहाँ स्थित अदालतमा मुद्वा दायर भएको छ ।
तरपनि यस किसिमको मुद्वा युरोपको अदालतमा पर्ने नौलो कचेहरी भने होइन ।
जब नीजले फोटो फेसबुक वालबाट डीलेट गर्न मानिनन् त्यो विषय अदालतमा पेशीमा परेको भनिएको हो ।
सामाजिक सञ्जाल सम्बन्धि तय भएको मुद्वा व्यक्तिगत र घरपरिवार भित्रको भनिएता पनि प्रचारमा आएपछि सामाजिक बनेको बताइएको छ ।
भनिएको छ, कानूनी रुपमा संचार माध्यममा आएको यस किसिमका फोटाहरु धेरै सामाजिक संञ्जाल प्रयोगकर्ता माझ पुगेको खुलाइएको हो ।
नेदरल्याण्डमा समाजमा विक्रिती फैलाउने अतिरंजित फोटोको प्रकाशन सामाजिक संजालमा वितरण गर्न नपाइने बताइएको छ ।
यदी कानूनको विपरीत कसैले काम गर्छ भने नीज व्यक्ति स्वतः दोषी हुने र प्रत्येक दिन ४५ पाउण्ड स्टरलिङ्ग सरकारलाई बुझाउनु पर्ने वैधानिकता रहेको बताइएको छ ।
(स्रोतः विविसी टेक)