वर्षा राउतको स्पष्टीकरण, ‘राष्ट्रियताप्रतिको सम्मानमा चुकेकी छैन’

२०७७ जेठ ११ आइतबार १२:५६:०० मा प्रकाशित

काठमाडौं । नायिका वर्षा राउत अहिले विवादको घेरामा परेकी छिन् । सामाजिक सञ्जालमा लाइभ भिडियो मार्फत् राखेको उनको भनाइका कारण वर्षा विवादमा परेकी हुन् ।

भिडियोमा उनले नेपाल–भारत सीमा विवादको कारण दुई देशका पत्रकार रहेको विचार राखेकी थिइन् ।

यो विवादलाई सम्वाद मार्फत् सुल्झाउनु पर्नेमा विवाद बढाएको भन्दै उनले  असन्तुष्टि जाहेर गरेकी थिइन् । यो विवादका कारण भारतीय मित्रसँग आफूलाई र भारतीय मित्रलाई आमने सामने हुन अप्ठेरो भएको बताएकी थिइन् ।

उनको सो भिडियो बाहिरिएसँगै सामाजिक सञ्जालमा उनी विरुद्ध टिप्पणी आउन थालेको थियो । वर्षा विरुद्धको मीम र ट्रोल सामाजिक सञ्जालमा यतिबेला चर्चित बनेको छ ।

यो विवादका बीच सामाजिक सञ्जालमार्फन् वर्षाले प्रष्टिकरण पेश गरेकी छिन् । उनले आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा आफू नचुकेको विज्ञप्तिमा उल्लेख गरेकी छिन् । उनले आफूले प्रयोग गरेको शब्दमा आफू चिप्लिए पनि देश र राष्ट्रियताको सम्मानमा चोट नपु¥याएको स्पष्ट पारेकी छिन् ।

उनले भारतीय पत्रकारले यो विषयलाई खराब ढंगबाट प्रस्तुत गरेको र नेपाली पक्षबाट यस्तो नहोस् भन्ने चाहेको विज्ञप्तिमा उल्लेख गरेकी छिन् । यस्तै अबका दिनमा यस्तो टिप्पणी गर्दा सतर्क हुने प्रण समेत वर्षाले गरेकी छिन् । 

यस्तो छ उनको विज्ञप्तिको पूर्णपाठ-


 

ताजा खबर