हावा अनि मानव स्वास्थ्य

२०७७ जेठ ११ आइतबार १०:५३:०० मा प्रकाशित

मानव शरिरले वायु लिने कार्य सधैं गर्छ । हावा लिने तरिका विभिन्न प्रकारको हुन्छ । यथोचित व्यायाम एक प्रकारको नतिजा हो भन्न सकिन्छ । हावाको तरिका धेरै प्रकारको रहेको छ । पहिले त फोक्सोले हावा लिन्छ । मानव शरिरको अभिन्न अंग छातिको दुवै पट्टि फोक्सो हुन्छ । स्वाप्रस्वास लिँदा र छोड्दा फोक्सो फुल्ने र खुम्चिने गर्छ । फोक्सो साना तन्तुहरु प्लुराबाट निर्मित हुन्छ जस कारण हावा लिने र फाल्ने कार्यमा सहयोग मिल्छ ।

डायप्रागम पातलो झिल्लीबाट निर्मित फोक्सोको माँसपेसी हो । यो पेटको छेउमा रहेको हुन्छ । करङ्हरुमा रहेको फोक्सोको छेउमा इन्टरकोस्टल मांसपेशीले स्थान लिएको हुन्छ ।
श्वासप्रश्वास लिनु, डायप्रागमलाई आराम लिनु, छातीमा खुला ठाँउ बनाइराख्ने कामले मानिसमा वायु लिने प्रकृया सामान्य हुँदैजान्छ ।

कसरी सास फेर्ने
अमेरिकी फोक्सो विभागले नाकले हावा फाल्ने र फोक्सोले आफ्नो काम सुचारु गर्ने बताएको छ । विभाग भन्छ नासिका र पेटको काम स्वासप्रस्वासमा अत्याधिक छ । नाकबाट हावा लिने प्रकृयाले फोक्सोको कार्य सहज बनाउँछ । नाइट्रिक अक्साइड फाल्ने र शरिरमा अक्सिजनको मात्रा बढाइ राख्न यसले उल्लेख्य भूमिका खेल्छ । नाकमा भएको प्वालले गर्दा विभिन्न टक्सिन र एलर्जिनहरु शरिरबाट निस्कासन हुने गर्छ । शरिरमा भएको गर्मी तापक्रम फाल्दै शरिर चिसो र सुख्खा राख्नु नाकको कार्य हुन आउँछ ।

पेटको काम
मानिस हावा लिँदा शुरुमा पेट भित्र वायु फैलिन्छ । सामान्यतया डायप्रागम खुम्चिन्छ । भूँडीमा फोक्सोले हावा फाल्छ । पेट फुल्नाले फोक्सो तलको भाग खुम्चिन्छ । छातिमा उल्टो दबाब पर्ने बताइन्छ । यस कारण फोक्सोले हावा लिने कार्य सम्हाल्छ ।
(स्रोतः मेडिकल न्युज टुडे)

ताजा खबर