नेपाल सानो देश हुँदै होईन

२०७७ जेठ ११ आइतबार ०९:५०:०० मा प्रकाशित

केहिदिन यता देखि कालापानी, लिपुलेक र लिम्पियाधुराले मेरो राष्ट्रवाद उछालिएको छ । ईतिहास देखिनै छिमेकीको बेवास्ता र थिचोमिचोले हामीहरू पीडित छांै । सानो देश र कम जनसंख्या हुनुको लघुताभाष हामीलाई पटक पटक हुने गरेको हो । संसारका दुई सय भन्दा बढि देशहरूको क्षेत्रफल र जनसंख्या हेर्दा बिश्वमै हामीहरू सानो देश भने पटक्कै थिएनौं । तर हाम्रा दुबै छिमेकीहरू कुनै क्षेत्रफलमा बाईसगुना ठूला थिए त कुनै बत्तिस गुना ठूला । हामीले देशको नाममा नाक ठड्याउने दुईअडाई सय बर्ष अगाडिको ईतिहासको एऊटा सानो किस्सा र प्रकृतिका दुईचार ओटा बरदान बाहेक केहि भएनन् । हामीले यस्ता कुराहरू बनाऊँदै जानु पर्दथ्यो तर बनाएनौ ।

भौतिक बिकासले समेटेको मानब तथा समाज बिकास सूचकाङ्कमा हामीले बिभिन्न कारणले अन्यसँग प्रतिस्पर्धा गर्न सकेनौं । छिमेकीले पनि गर्न नसकेको यथार्थ    छ । तर ऊ ठूलो छ । ऊ ठूलो छ– त्यसको अर्थ आजको बिश्वब्यापी बैश्ययुगमा ऊसँग धेरै ग्राहकहरू छन् । धेरै ब्यापारीहरू छन् । यसैको आडमा ऊ अरूलाई कज्याऊँ छ । यसैको दम्भमा ऊ हामीमाथि थिचोमिचो गर्छ । हामीलाई हेप्छ । आफ्नो अहं देखाऊँ छ । ऊसलाई थाहा छ– हामीहरू वीर भएर पनि बुध्दु छांै । ऊसलाई यो पनि थाहा छ– हाम्रो त्यसबेलाको वीरताको ईतिहासताका हिम्मत र शाहसले मात्र पनि संसार जितिन्थ्यो । 

आज युग फेरिएको छ । कृत्रिम बौध्दिकताते मान्छेलाई धेरै गुणा माथि जितिसकेको छ । आजको बिश्वमा प्रविधिले मानिसलाई सहजै पराजित गरिदिने युगको बर्चश्व छ । यहि नै बुझेर होला हामीलाई ऊसले बुध्दु बनाऊन हरेक प्रयासहरू गर्दै आईरहेको हुन्छ । अनेक गर्छ । आफूले भने जस्तो गराउन सब थोक गर्छ । हाम्रा अगुवाहरूलाई फकाऊँछ, किन्छ र नमाने सिध्याऊन पनि पछि पर्दैन । हामीहरू भने एऊटा दुरुह नियति सम्झेर ऊसलाई सरापेर बसिरहन्छौ नकि ऊ भन्दा अझ राम्रो मेहनत र बिकास गरौं । यस्तै मेलो मेसो मिलाऊँदै आज ऊसले हामीलाई परनिर्भर बनाईदियो । अहिले हामी ज्याला मजदूरी गर्न अरब जान्छौं । त्यहाँबाट कमाएर ल्याएको पैसाले ऊसैबाट दालचामल किनेर गुजारा गर्छौं । बिडम्बना आज यो हाम्रो संस्कार जस्तो भैसकेको छ ।

आज फेरि हामीले ऊसैले बर्षौदेखि मिचेको हाम्रो जमीन कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो भनेर दाबा गरेका छौं । यहि प्रसंगमा हाम्रो राष्ट्रवाद ऊम्लिएको छ । ऊसका कनिष्ठहरूले भनिसकेका छन् म तिम्रो यो दाबालाई मान्दै मान्दिन । हामी रटान त लगाईनै रहेका छांै तर ऊ भने ढुक्क होला ।

 ऊसलाई थाहा छ, हामीसँग ऊ बिना छ–आठ महिना टिक्ने पनि सामथ्र्य छैन । त्यसैले सायद त्यहाँका टाउके शाशकहरु चूप छन् । त्यसै पनि भाईरसको समस्या छ बिश्वब्यापी । आँधी–तुफान पनि आईरहेको छ । ऊ किन बोल्छ ? जसरी हाम्राहरू बोलिरहेका छन् । केहिदिन पछाडिबाट ऊसले फेरि हाम्रालाई फकाउने प्रयास गर्छ । किन्ने प्रयास गर्छ । यदि केहि लागेन भने, अनि हामीलाई ऊसले सजाय दिन सुरू गर्नेछ । हामी बीर छौं । सडक तताऊँछौं । नाराबाजी गर्छौं । पुत्ला जलाऊँछौ । ऊसले बिस्तारी हाम्रा खानेकुराहरू रोकिदिनेछ । औषधिहरू रोकिदिनेछ । ऊसले एऊटा प्याज रोकिदिँदा हाहाकार गर्ने म कसरी टिकौंला र यो बाईसगुने यत्रो ठूलो भिमकाय छिमेकीको रिससँग ?

आफ्नै देशभित्रका सुनहरू नचिनेर मरूभूमिमा टमाटर फलाउन राहादानीको लाईनमा तँछाड–मछाड गरिरहेको मेरो राष्ट्रियता ऊसँग कति दिन टिक्ने हो गम खाँदैछु । सोच्दै पनि छु–यसपटकबाट भने मैले लसुनप्याज आफंै फलाएर मेरो राष्ट्रबाद जोगाउने प्रयास गर्ने पो होकि ? नत्र हाम्राहरू फेरि ऊसैको निगाहमा बाँच्ने सम्झौता गर्न निरीह बनेर दुई चार महिना पछाडि ऊसैको देशमा जानु पर्ने हुन सक्छ । 

 
(ऊप–प्राध्यापक, त्रिभुवन विश्वविद्यालय)

ताजा खबर