फ्ल्याभोनाइडको कमीले अल्जाईमरको रोगी बढाउने

२०७७ जेठ १० शनिबार ०९:५१:०० मा प्रकाशित

फ्ल्याभोनाइड पाइने फल जस्तै बयर, स्वाउ तथा चियाको सेवनको कम भएमा मानव स्वास्थ्यमा अल्जाइमर तथा डिमेन्सिया जस्तो रोगको संख्यामा बृद्वि हुने एक अध्ययनको निश्कर्ष छ ।संयुक्त राज्य अमेरिकामा पछिल्लो ४० वर्षमा ६५ वर्ष भन्दा माथिका वयस्कमा फैलिने रोग डिमेन्सियाको सम्भाभ्यता दोब्बर वृद्वि हुने बताइएको छ । सन् २०५० सम्म आइपुग्दा अल्जाइमर रोगीको संख्या बढेर ह्वात्तै १३ लाख ८० हजार हुने गणितिय अनुमान गरिएको हो ।

रोगको निवारण गर्न मानिसको आहारा उचित डायट हुनु पर्ने बताइएको छ । संज्ञानात्मक मनोविज्ञानमा कमजोर देखिने यो रोगका विरामीलाई भू–मध्यसागरिय खानाको सेवनको लागि सुझाइन्छ ।

भू–मध्य खानाको छनौटमा फलफूल, तरकारी, तरलपदार्थ, चिया र नसालु पेयपदार्थ आदी पर्ने अमेरिकन चिकित्सक पोषण जर्नलले प्रकाशित गरेको छ ।

फ्याल्भोनाइडका प्रकार
अध्ययनले, वितेका २० वर्षमा ६ प्रकारका फ्याल्भोनाइड सम्बन्धि अध्ययन को खोजी गरेको छ । करिब २८०१ मनिसको बिचमा तयार पारिएको सोधमा डायटले नै मानिसको फ्याल्भोनाइडको पूर्ति गर्ने बताइएको छ । त्यस्तै अल्जाइमर र डिमेन्सियाको रोगीको लागि सन्तुलित आहारको कमी हुन आएमा इन्द्रियको पहिचानमा कमी हुने बताइएको छ । यसो हुन आएमा मानिसको मष्तिस्कमा संज्ञानात्मक मनोविज्ञानको कमी हुन आउने अमेरिकन पोषणविदहरुको तर्क रहेको छ ।

पोषण खानाको कमीमा के नै हुने हो र !
२८०१ मानिसमा तयार पारिएको सर्वेक्षणमा १५८ मानिस अल्जाइमरको रोगको सिकार भएको नतिजा पाइयो । उनीहरुलाई सधैं स्याउ, दाना जन्य फल, चिया हप्ताको दुईपटक लिन सुझाव दिइयो । डायटको परिक्षणमा ७.५ कप जामुन, ८ वटा स्याउ र १९ कप चियाको सेवन एक महिनामा सेवन गर्न बताइएको खुल्न आएको छ ।
(स्रोतः मेडिकल न्युज टुडे)   
 


 

ताजा खबर