समय विताउन चिया सेवन

२०७७ जेठ ९ शुक्रबार ०८:३१:०० मा प्रकाशित

चियाको दैनिक रोजाई विहान, दिउँसो र बेलुकी हुन्छ । कामको समाप्ति पछि पारिवारीक माहोलमा सबै परिवारको सदस्यसँग बसी चिया पिउनुको मज्जा नै बेग्लै हुने गर्छ । चिया पिउने संस्कार शताव्दी पहिलेको हो । शरीर स्फूर्त बनाउन, केही नविन शक्ति पाउन र कसैसँग नजिकिन चियाको सेवन गरिँदै आइएको हो ।

एक अरब मानिसको रोजाइ  बेलायतमा दिनहुँ बिहानीको चिया हुने बताइन्छ ।  चिया सेवन सम्बन्धि सुझाव राख्ने समूह बेलायतले धेरै मानिस चियाको पारखी रहेको बताएका छन् । चियाको स्वादमा रमाउने मानिस सधैं सन्तुष्ट र मोटा हुने भनिएको हो ।  स्वादिष्ट चिया पिउनु त्यहाँको राष्ट्रिय पर्व मानिन्छ ।

संयुक्त राष्ट्रसंघले हिजो अर्थात मे २१ लाई “अन्तराष्ट्रिय चिया दिवस” को रुपमा मनाएका छन्

सन् २००७ को संयुक्त राष्ट्रसंघको एक रिपोर्टमा चियाको प्रयोग १२.७ औन्सबाट १४ औन्सले वृद्वि भएको बताएको छ । अहिले मानिस सोडा, दुध र फलफुलका रसको सेवन भन्दा पर चियाको सेवन बढि मात्रामा गर्न थालेको बताइएको छ ।

मानिसको मूड परिवर्तन गर्न  उसको मष्तिस्कको ध्यान बढाउन चियाको सेवन अत्याधिक हुने गरेको भनिन्छ । क्यामेली साइनेसिस एक वनस्पति हो । जसको प्रयोग कालो तथा ग्रीन टिमा प्रयोग हुने गर्छ । मानिसको मानसिक स्वास्थ्य यसको प्रयोग गरेमा बढ्ने बताइन्छ ।

चियाको कारण मष्तिस्क वृद्वि
जर्मनी लुवेक विश्वविद्यालयका मनोवैज्ञानिक र मानसिक थेरापी अध्यापक स्टेफन ब्रगवार्डका अनुसार ग्रीन टि को दैनिक सेवनले मष्तिस्कको कार्यक्षमता वृद्वि गर्छ ।
सन् २०१७ का विभिन्न अध्ययनले शरिरका आलस्यता, मष्तिस्कका इन्द्रियका ध्यान, कार्यक्षमता बढाउने प्रसंग उठाएका छन् ।

चियाको समिश्रण
चियामा विभिन्न एन्टीअक्सिडेन्टको मात्रा पाइने हुन्छ । एपिग्यालोकेटेचिन ग्यालेट, एल–थियानाइन, एमुनियो एसिड र क्याफिन चियाको मूनामा पाइने गरेको बताइन्छ । डिमेन्सिया, अवसाद र भूलक्कड मष्तिस्कको लागि चियाको सेवन लाभदायक हुने तर्क चिकित्सकहरुले गर्दै आएका छन् । उच्च रक्तचाप भएका विरामीलाई दिनहुँ चियाको सेवन गर्न सुझाइन्छ । फ्ल्याभ्यानोल्स्, कोकोवा र केही खान योग्य फल चियामा पाइने उल्लेख गरिएको छ । मानिसको मानसिक तथा शारिरीक रोग धेरै हदसम्म चियाको सेवनबाट निर्मूल हुने बताइन्छ । 
अर्वुद रोग लागेका व्यक्तिलाई पनि चियाको सेवन आभदायक हुने बताइन्छ । (स्रोतः सिएनएन हेल्थ)
 

ताजा खबर