अभिभावक र बालबालिकाको आनीवानी, रहनसहन, शिलस्वभाव ! 

२०७७ जेठ ६ मंगलबार १०:०७:०० मा प्रकाशित

बालकालिकाहरु स–साना कार्यमा आफ्ना शीलस्वभाव परिवर्तन गर्न औधी शिपालु रहेको पाइन्छ ।  कहिले बल्ड्याङ्गबुल्डुङ्ग गरी पछारिन्छन त कहिले भाँडाकुटी जथाभावी फालेर तछाँडमछाड गरी रुन पनि पछि पर्दैनन् । ठूला मानिस त पार्क, स्मारक, रेष्टुरेण्ट, पुस्तकालय र पुष्तक पसल टोटल्न सक्षम भइहाल्छन् तर स–साना नानी के गर्ने ?

अमेरिकी वासिङ्गटन डिसी स्थित एक कथा प्रस्तोता अम्वर्क स्पार्कस् भन्छिन्,“ मेरो पनि नानी छ । कहिँलेकाहीँ डराएको देख्छु । तर नानीहरुको काम ठूलो मानिसको जस्तो जहाँपाहीँ त्यहीँ घुम्ने होइन ।” उनी आफ्नो ट्वीटरमा हजारौं अभिभावकको आफना दृष्टिकोणमा यही प्रतिक्रिया पाउँछिन् । आजभोलि बालबालिकाको सहपाठी नै हुँदैनन् । न त उनीहरुको विद्यालयका नियम तालिका छ । अहिले कुनै संरचना छैन । न कुनै सम्भावना ! यस अवस्थामा अभिभावक हरु बालबालिकालाई कुनै रोमाञ्चक पुष्तक पढ्न सुझाव दिन्छन् ।

मनोचिकित्सकको बताउँछन् यस किसिमको कमजोरीले मानिसमा हाउभाउको सम्बोधन हुन्छ । उनीहरु चञ्चल बन्नेछन् । अभिभावकसँग तुरुन्त झुम्मिन थाल्नेछन् ।
बालबालिकालाई धैर्यता सिकाउन, उनीहरुको चाहना बुझन् र मनको कौटिल्यतालाई पहिल्याउन पठनपाठन नै सर्वोत्तम उपाय भनिएको छ ।

खराब शीलस्वभाव
दैनिक कार्यहरुमा दिउँसोको खाना लिने र दैनिक व्यायाममा बालबालिकाको समय खेर जान्छ । मानसिक रुपमा बालबालिकालाई सबल राख्नु प्रत्येक आमाबाबुको नैतिक जिम्मवारी हो ।
 बालबालिकाको बानिबेहोरा त अभिभावकलाई त्यसैपनि थाहा हुन्छ । आजभोलि उनीहरुको संगी पनि त हुँदैन । एउटा बालकको दिमाग उसको संगीले ढोकाको पछिल्तिर बाट उसको अक्कल चलाइ राखेको हुन्छ । त्यसपछि छोराले आमालाई रनभुल्ल पार्न सफल बन्छ ।एक सफल मनोवैज्ञानिकको रायमा बालबालिका उच्छ्रिखंल हुँदै गएमा उनीहरुको केश मुण्डन गरिदिनु सर्वोत्तम उपाय हो । आज भोली आमा बाबु सँग त पर्याप्त समय हुनेगर्दैन कसरी धेरै पल आफ्नो छोराछोरीमा समेट्नु विश्लेषण गरिएको छ ।

मानसिक रुपमा आफ्ना सन्तानबाट बाबुआमा दिन प्रति दिन तनावग्रस्त विरामी बनिरहेका पनि छन् । बालबालिकाको आवेग वा भाव बुझ्न कठिन हुँदै गएको छ ।
हिजो त विद्यार्थी पठनपाठन गर्न नजिकका सामाजिक संस्थामा दिनहुँ जान्थे । विद्यालयमा गृहकार्य हुने गर्थो । तर आज निराशा बाहेक केही छैन । समय कटाउन गाह्रो भएको छ ।
फोनमा झुल्लिने त्यो नि धेर बेर सम्म हुँदैन । न खाना खाएर नै समय वित्छ ।भोकाएको बेला त मूड नै विग्रन्छ । कहिलेकाहिँ अति हुन्छ र अनायासै कानमा चर्को गाली आँउछ ।

अभिभावकको बुझाइमा बालबालिकाको यस किसिमको आनवानमा परिवर्तन सामाजिक सम्बन्ध टाढिनु, कम निन्द्रा, अविसाद, तनाव र उनीहरुको खराब शीलस्वभाव नै हो भनिन्छ ।

बालबालिकाको भावना बुझनु
सबभन्दा पहिले बालबालिकासँग ४० वा ५० मिनेटसँगै समय विताउने । त्यसपछि उनीहरुको सोच र भावनाको सम्बोधन हुनेगरी ध्यानी बन्ने । बालबालिकालाई नजिक्याउने पहिलो अस्त्र उनीहरुसँग नम्र बन्नु हो । उनीहरुको मनोभावना बुझि सँगै घरमा समय विताउन सहज हुन्छ नत्र यस्तो कोरोना कोभिड–१९ को महामारीको मौसममा पारिवारीक संगोलमा समय काट्न प्रतिकुल हुने गर्छ । आखिरमा अहिले हामीहरु हाम्रा नजिकका आफ्न्त हजुरबुवा, काका, भाईबहिनी ,साथी आफन्तहरु सँग रमाइलो पल विताउनुपर्ने नै छ ।
अमेरिकी मनोवैज्ञानिक संघको उत्कर्षमा मानिसको भावनात्मक सम्वन्धको नतिजा उसको मष्तिस्कको संज्ञानात्मक ज्ञानमा  सिमित हुनेगर्छ ।  मानिसको व्यक्तिगत विकास र रहनसहनमा भावनात्मक सम्बन्धको असर धेरै रहन्छ ।

मानिसको भावना हराउँदा उसको समयको प्रत्येक क्षण चोरी हुन्छ । जीवन नै अमिलो हुन्छ जव तनावका कारण मानिस आफ्नो मनोभावना प्रतिकुल बन्दछ । त्यसकारण बालबालिकाको संज्ञानात्मक बालचेतनाको विकासको लागि प्रशस्त गृहकार्यहरु विद्यालयबाट दिइनुपर्छ । साँच्चै नै प्रत्येक बालबालिकाको मूड परिवर्तन गर्नमा अभिभावकको छुट्टै रोजाइ रहेको हुनेगर्छ ।
अमेरिकी मनोचिकित्सकहरु भन्छन् बालबालिकाको रहोबरमा थुप्रै सामाजिक कार्यकर्ता, बालकार्यकौशल  बढाउन स्थापना भएका विद्यालय र सामाजिक मनोवैज्ञानिकहरुको कार्यक्षमताकोे आवश्यकता पर्छ ।
(स्रोतः सिएनएन)
 

ताजा खबर