कोरोना कहर
गरीखान नदिने भयो, कोबिडले छोयो
बाबाआमा परदेशको चिन्ता, परदेशी यहीँ रोयो
अमेरिका लाखौं खायो, नेपालभित्र गयो
कठै दैब के आयो खै, संसार आज रोयो !
छैन ठेगान बाँच्ने मर्ने, सबलाई माया बाच्नु
परदेशीको कोही छैन खै, अब कहाँ हाँस्नु
हिजो मात्र सुत्केरी खाई, दुधे बालक रोयो
बाँच्ने मर्ने ठेगान छैन, लाखांैको ज्यान गयो ।
अझै कति मर्छन् भन्छन्, रुन्छन् पल्ला काईँला
कामकाजमा भोटे ताल्चा, चल्दैनन् नि पाईला
राहत भन्दै खल्ति भर्या, कोरोनाले देख्ला
बन्द गरांै खल्ति भर्न, कोबिडले ढाड सेक्ला ।
औषधी नि छैन कतै, मरिराछन् जताततै
बिदेशिने नेपालीको, मनमा चोटको खतै
सुत्दासुत्दा कोठाभित्रै, चल्दैनन् हात खुट्टा
अमेरिका होला नेपाल, नदेऊ केपी गफ झुट्टा ।
कÞतार साऊदी चिच्याहट छ, ग्वाँ ग्वाँ गर्छन् गाऊँले
नेपाल फर्के झम्टिदिन्छन्, ऊनै नेता साहुले
सीमापारी दुधे बालक, बूढी आमा रुन्छिन्
आफ्नै घर तारबार लाऊँदा, उनी बिह्वल हुन्छिन् ।
छैन ठेगान मर्ने बाँच्ने, गाऊँले मुग्लान् रह्यो
कोरोनाले खान्छ सबलाई, किन यस्तो भयो
परदेशीका रोदन भित्र, नेपाल मात्र भन्छ
सारा जनता ग्वाँ ग्वाँ गर्दा, सरकार कहिले सुन्छ ?
सुन्छौ कित बैरो सरकार, नत्र मर्छन् सबै
कसरी यहाँ बाँच्लान् र खै, औषधी नि नभै
आफू आफैं राम्रोसँग, बसौं सबै साथी
मिली बसे केयर गरे, लान्न कोभिड माथि !
लान्न कोभिड माथि !
टोकियो, जापान ।