काँक्रो खाऔं, पेटभित्रका सबै रोग भगाऔं

२०७७ जेठ ५ सोमबार ११:१४:०० मा प्रकाशित

 वसन्तयाम सुरु भएसँगै नेपालमा बिस्तारै गर्मी बढ्न थालेको छ । कोरोना भाइरस संक्रमणले सर्वत्र त्राश फैलाएको छ भने जनजीवन अस्तव्यस्त छ । घरबाहिर हिँडडुल गर्न जोखिम हुने भएकाले घरमै बस्नु परेको छ । शारीरिक अभ्यास र ध्यान प्राणायाम बिना बस्दा स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्नसक्ने जोखिम पनि हुन्छ । 

यस्तो गर्मी मौसममा काँक्राको उपभोग सबैका लागि स्वास्थवध्र्दक हुने स्वास्थ्यविज्ञहरु बताउँछन् । अहिले जताततै काँक्राको उत्पादन हुने भएकाले पर्याप्त मात्रामा पाउन पनि  सकिन्छ । यो काँक्रा पाउने उपयुक्त समय पनि शुरु भएकोले यसको सेवनले शरीरलाई स्वस्थ्य राख्न उपयुक्त पनि हुने छ ।  काँक्रोमा भएका अनेक गुण र कलिलो काँक्रो खाँदा आउने मज्जाको कारण पनि यस्को प्रयोग बढ्दो क्रममा रहेको छ ।

 करिब ११९ ग्रामको काँक्रोमा १४ ग्राम क्यालोरी, ०.२ ग्राम फ्याट हुन्छ । यसबाहेक यसमा ११५.११ ग्राम पानी, २.४ मिलिग्राम सोडियम, २.६ ग्राम कार्बोहाइड्रेट, ०.८ ग्राम डायटरी फाइबर, १.६ ग्राम सुगर, ०.७ ग्राम प्रोटीन, २ प्रतिशत भिटामिन ए, ६ प्रतिशत भिटामिन सी, २ प्रतिशत क्याल्सियम र १ प्रतिशत आइनर हुने वैज्ञानिक रुपमै पुष्टी भइसकेको छ ।

यसको प्रयोगले विभिन्न फाइदा हुने गरेको छ । केहि विशेष फाइदाहरु यहाँ उल्लेख गरिएको छ ।

१. शरीरमा पानीको मात्रा पुग्छ

काँक्रोमा पानीको मात्रा पर्याप्त हुनाले यसको प्रयोगबाट शरिरमा पानीको मात्रा पुग्न सहयोग पुग्छ । स्वादिलो पनि हुने र पानीको मात्रा पुग्ने भएको यो फल सबैको छनौटमा पर्ने गरेको छ ।

२. पर्याप्त शक्ति  

पानी बाहेक विभिन्न भिटामीन र आइरन पनि भएकोले यसको सेवनले शरिरलाई पर्याप्त शक्ति पनि दिन्छ ।

३. वजन घटाउन सहयोगी

वजन कम गर्न शरीरमा अनावश्यक क्यारोली जम्मा हुनबाट जोगाउनु पर्छ । काँक्रोमा क्यालोरी झण्डै शुन्य बराबरनै हुन्छ । यसको सेवनले पेट भरिने र अन्य भिटामीन पाइने हुँदा यसको प्रयोग बढ्दा वजन घट्ने पक्का छ ।

४. कोलस्ट्रोल नियन्त्रणमा सहयोगी

काँक्रोमा कोलस्ट्रोल विल्कुलै हुँदैन । यसमा भएको सोडियम, भिटामीन र क्याल्सीयन लगायतका तत्वले शरीरको कोलस्ट्रोल कम गर्न मद्दत गर्ने भएकोले पनि यसको प्रयोग हितकारी छ ।

५. पाचन प्रणालीमा सुधार

पेट सम्बन्धी रोगको मुल कारण नै पाचन प्रणालीको खराबी हो । काँक्रोमा पर्याप्त मात्रामा फाइबर हुने हुनाले यसको प्रयोगले पाचन प्रणालीलाई सुधार गर्न मद्दत पुग्छ ।

६. किड्नी स्टोन हटाउन सहयोगी

पानीको मात्रा बढि हुने र काँक्रोको अन्य तत्वले किड्नीमा थुप्रिएको स्टोन हटाउन सघाउने कुरा वैज्ञानिकहरुले पुष्टी गरिसकेका छन् । काँक्रोको नियमित सेवनले स्टोनलाई घटाउँदै हटाउन सहयोग गर्छ ।

७. क्यान्सरबाट बचाउँछ

काँक्रोको नियमित सेवनले हरेक प्रकारको क्यान्सरबाट जोगाउने दाबी गरिएको छ । यसमा भएको विभिन्न तत्व क्यान्सर प्रतिरोधी भएकाले पनि यस्तो दाबी गरिएको बुझिएको छ ।

८. उच्च रक्तचाप नियन्त्रण

काँक्रोमा पर्याप्त हुनुको साथै यसले शरीर र दिमागलाई ठण्डा पु¥याउँने भएकाले पनि उच्च रक्तचाप नियन्त्रणमा सहयोगी हुन्छ ।

९. टाउको दुखाइको समस्या हटाउँछ

टाउको दुख्ने समस्या अहिले ठुलो समस्याको रुपमा देखिएको छ । अधिक मानिसलाई यस्तो समस्या रहेकोमा काँक्रोको सेवनले यसमा कमि ल्याउने बताइएको छ ।

१०. अनुहारको छालालाई राम्रो बनाउँछ

काँक्रो खाने मात्र होइन यसको झोललाई छालामा लगाउँदा घामले डढेको, डण्डीफोर जस्ता अनुहारको छालाको समस्याहरु समाधान गर्दछ । काँक्रोको झोल अनुहारमा लगाउँदा छाला नरम पनि हुने हुनाले गर्मीमा अनुहार बिग्रिनबाट पनि जोगाउँछ ।

सहजै बजारमा सुपथ रुपमै पाइने काँक्रोमा विभिन्न फाइदाहरु भएकोले यसको प्रयोग मानव शरीरलाई हितकारी प्रमाणित भइसकेको छ । यद्यपी काँक्रो विषादी प्रयोग नगरिएको हुनुपर्नेमा भने सजग हुनुपर्छ । हाल बजारमा उच्च मात्रामा विषादी प्रयोग गरिएको काँक्रोहरु पनि पाइन्छ । यस्तो काँक्रो प्रयोग गर्दा शरीरलाई फाइदा नभइ थप नोक्सान पु¥याउन सक्ने तथ्यमा सजग हुनु अपरिहार्य छ ।  (एजेन्सी)

ताजा खबर