मसला मात्र होइन बेसार, अनुहार चम्काउने गुण पनि छ

२०७७ जेठ ५ सोमबार १०:४९:०० मा प्रकाशित

 हाम्रो भान्सामा दैनिक रुपमा प्रयोग हुने बेसार स्वास्थ्यका हिसाबले निकै उपयोगी  छ । भान्सामा पाक्ने अधिकांश व्यञ्जनमा प्रयोग हुने बेसार छाला, पेट र शरीरका कैयौं रोगका लागि उपयोगी मानिन्छ । सामान्यतया भान्सामा सुकाएर धुलो बनाइएको बेसार प्रयोग गरिन्छ । तर यसका काँचो गाना तथा यसका पातसमेत निकै उपयोगी मानिन्छ । 

बेसारसम्बन्धी यस्तै उपयोगी टिप्सहरु:

    अनुहारमा आएका दाग हटाउनका लागि बेसार निकै उपयोगी हुन्छ ।  बेसार र कालो तिललाई बराबर पीनेर पेस्ट बनाई उक्त पेस्ट दाग भएका ठाउँमा लगाउनाले फाईदा हुन्छ ।

बेसारलाई दुधमा मिसाएर यसको पेष्ट बनाई अनुहारमा लगाउनाले छालाको रंगमा निखार आउँछ । साथै अनुहार सुन्दर देखिन्छ ।
 कलेजो सम्बन्धी समस्यामा बेसारको प्रयोग गर्नाले फाईदा पुग्छ ।
  

रुघा खोकी लागेका बेला दुधमा बेसारको धुलो मिसाएर पिउनाले रुघाखोकी निको बनाउँछ । 

  पेटमा जुका परेमा प्रत्येक दिन बिहान एक चम्चा बेसारको धुलोमा केही नुन मिसाएर खाली पेट एक सातासम्म खानाले जुका तथा अन्य किराहरु समेत मर्छन् । 

  बेसारको खाँचो टुक्रा मुखमा राखेर रस खानाले खोकीमा राहत मिल्छ ।

अनुहारमा अनावश्यक झुस आएमा नरिवलको तेलमा बेसारको धुलो मिसाएर पेस्ट बनाउनुहोस् । उक्त पेस्टलाई लगाउनाले अनावश्यक कपालबाट राहत पाउन सकिन्छ । 

 सामान्यतया घाममा जाँदा छाला रुखो हुने तथा डढने समस्या हुन्छ । यसबाट बच्नका लागि बेसारको धुलो, बदामको चुर्ण तथा दही मिलाएर प्रभावित स्थानमा लगाउनाले राहत मिल्छ । साथै यसले छालाको रंगमा पनि निखार ल्याउँछ । सुर्यको प्रभावका कारण डढेर कालो भएको छालालाई पनि निको बनाउँछ । यसले एक किसिमको सनस्क्रिन लोशनकै रुपमा काम गर्छ । 

चोटपटक लागेको स्थानमा वा दुर्घटनाका कारण सुन्निएको स्थानमा बेसारको प्रयोग निकै उपयोगी मानिन्छ । यस्तो भएमा प्रभावित स्थानमा बेसारको लेप लगाउने तथा तातो दुधमा बेसाको धुलो मिसाएर खानाले लाभ हुन्छ । 

 बेसारको प्रयोगले रगत सफा हुन्छ । साथै यसले शरीरमा रोग प्रतिरोधात्मक क्षेमता समेत अभिवृद्धि गर्छ । 

 महिलाहरुका लागि अनियमित महिनावारीलाई नियमित बनाउनका लागि बेसारको प्रयोग फाइदाजनक मानिन्छ ।

ताजा खबर