योग थाल्नुहोस्, स्वस्थ्य बन्नुहोस

२०७७ जेठ ५ सोमबार १०:१७:०० मा प्रकाशित

सधैं ध्यान गर्ने योगीहरुलाई योगाको बारेमा विस्तृत रहस्य थाहा हुने गर्दछ । उनीहरु भन्ने गर्छन योगाको उद्देश्य जीवनमा अचुक प्रकाश पाउने हो र सधैं आनन्द लिने हो । मानव जीवनमा हुने गरेका तनाव, तहसनहस र एकोहोरो मूडलाई स्वतन्त्र राख्ने एक मात्र औजार योगा रहेको विश्लेषण गरिएको छ ।

कुनै वैज्ञानिक विश्लेषण त छैन तरपनि मानव मष्तिस्क लाई असल प्रभाव पार्ने, शरिरको विभिन्न आसन लाई वदल्ने र स्वासप्रश्वासलाई तेजिलो अनुकुलता थप्नमा योगको प्रमुख भूमिका रहेको तर्क गरिन्छ ।  जसकारण कारण मानिसमा विभिन्न संवेदनाको विजारोपण स्वतस्फूर्त भइदिन्छ । आनन्द, विस्मय, क्रोध आदी मनोभावना शरिरबाट सबै हार्मोन निस्काशन हुने हुँदा जाने तर्क शारिरीक र मानसिक चिकित्सा पद्वतीमा गरिन्छ । त्यहीकारण कहिलेकाही मानिस क्रोधी बनी आक्रमण गरिहाल्न पनि पछिपर्दैन भने कतै कतै उ प्रतिरक्षक पनि हुने गर्दछ ।

प्राकृतिक विज्ञानको तर्क रहेको छ मानिस स्वास्थ्य रहन उसको भरणपोषणका साथै शारिरीक र मानसिक स्वास्थ्य उपचार मात्र नभइ उसको मष्तिस्कको भावानात्मक सम्बन्ध पनि उच्च रहनु पर्दछ । जस्तै मानिसमा परी आउने दुःखको संवेदनामा एक हाँसोले जीवनको व्ययभार टाढा लगिदिन्छ ।

योगासनमा ध्यान, स्वासप्रश्वास र आसनहरुको शारीरिक प्रतिफल उच्च मानिन्छ ।

स्वासप्रश्वास

स्वासप्रश्वासले डायफ्रामको खुम्चिने तथा फुक्ने प्रकृया हुने गर्दछ । यसले फोक्सोको सास लिने प्रक्रियालाई सहज बनाउने बताइएको छ । ढाड दुखाईलाई पनि ९० सेकेन्डको स्वासप्रश्वासले नियन्त्रण गर्ने भनिएको छ । मानिसले ध्यानपूर्वक लिने स्वासप्रश्वासको क्षणमा आफु वरीपरीको आवाज र वातावरण नजिकबाट थाहा पाउने बताइन्छ ।

हार्वड विश्वविध्यालयले २०१० मा निकालेको प्रतिवेदनमा शरिरको विभिन्न आसनले कोर्टिशल नामक हार्मोन विलाउने तथा टेस्टोटेरोेन नामक हार्मोन प्रचुर उत्पादन हुने बताइएको   छ । टेस्टोटेरोेनले हाम्रा अत्यास हटाउने र काम प्रतिको उद्वेश्यमा ठीक ताला दीने बताइएको छ ।

त्यसो त योगाको कारण नै हामीमा सधैं खुसी छाउने गर्छ । कसरी आफ्नो पाइला चाल्ने, शरिरलाई कसरी उभ्याउने चाल थाहा पाइन्छ । शरीरका विभिन्न अंग हात,पाखुरा,  खुट्टा,जोर्नी,कम्मरको सही मात्रामा व्यायाम हुन्छ ।

आनन्दको सम्झना

२०१२ को योगा सम्बन्धी एक  अध्ययनको तर्क छ मानिसको जीवनमा खुसीको चाहना बाहेक अरु केही छ भने त्यो योगा नै हो । योगाको ७ मिनेटको कसरतले शरिरलाई स्फूर्त राख्छ ।

मानिसको संझना प्रगाढ बनाउने माध्यम योगालाई मानिँदै आइएको छ । मानिसको समयरेखा र दीमाग एकत्रित गराउने सफल माध्यम योग हो । मष्तिस्क क्षय भएका मानिसलाई योगा सिक्न सुझाइन्छ । प्रतिफलमा मष्तिस्क तेजीलो हुने बताइन्छ पनि । मानिसको मूड असल बनाउँदै आनन्दीत बनाउने एक मात्र अचुक उपाय योगा नै हो ।

विज्ञानले मानिसको ५ ज्ञानेन्द्रिय र मानव मष्तिस्कमा योगाको असर अनुकुल हुने बताउँछ । (स्रोतः सिएनएन हेल्थ)
 

 


 

ताजा खबर