कोरोना असर: आज ९ थपिएपछि संक्रमित संख्या ३ सय ४ 

२०७७ जेठ ५ सोमबार ०९:५६:०० मा प्रकाशित

काठमाडौं । रौतहट  र बारामा  ९ जना कोरोना संक्रमित थपिएपछि नेपालमा  कोरोना भाइरस संक्रमित संख्या ३ सय ४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सोमबार रौतहट  र बारामा  गरी ९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

रौतहट इशनाथ नगरपालिका वडा नम्बर २, ३, ६ र ९ का २१, २१, २३, २५, २५, २९ र ३० वर्षका पुरुषमा कोरोना देखिएको हो ।  रौतहटकै माधवनारायण नगरपालिका ३ की २८ वर्षीय महिलामा पनि संक्रमण देखिएको छ ।

यस्तै बारा करैयामाईका ३८ वर्षीय पुरुषमा संक्रमण देखिएको मन्त्रालयका सह(प्रवक्ता डा‍ समिरकुमार अधिकारीले बताएका छन् ।  संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्‍य रहेको बताईएको छ ।

 कोरोनाले अहिलेसम्म एक महिलासहित २ जनाको ज्यान लिएको छ । उनीहरुको मृत्यु भएपछि मात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

ताजा खबर