धन्कुटा र बिराटनगरमा तीन थपिए, कोरोना सङ्क्रमित सङ्ख्या २९५ पुग्यो

२०७७ जेठ ४ आइतबार २०:५३:०० मा प्रकाशित

काठमाडौं  । कोरोना भाइरस संक्रमण दिनदिनै बढिरहेको छ । देशका विभिन्न भागमा संक्रमित थपिँदै जाँदा नेपालमा सङ्क्रमित सङ्ख्या २९५ पुगेको छ । संक्रमितको कोरोना परीक्षण रिपोर्टअनुसार आजमात्र थप ३ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पुष्टि भएअनुसार सङ्क्रमितहरू धनकुटा निवासी ३४ वर्षीया महिला, मोरङको विराटनगरनिवासी २९ वर्षीया महिला र ३६ वर्षीय पुरूष छन् । उनीहरूको स्वास्थ्यअवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

ताजा खबर