रौतहटका १० जनामा कोरोना, देशमर सक्रमित २९१  

२०७७ जेठ ४ आइतबार १०:१७:०० मा प्रकाशित

काठमाडौ । पछिल्लो तथ्यांक अनुसार आज कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्यामा अरु १० थपिएका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका क्रममा नयाँ १० जनामा सङ्क्रमण देखिएको जानकारी दिए । नयाँ सङ्क्रमितमा सबै रौतहटका पुरुष रहेका छन् । अधिकारीका अनुसार राजपुर नगरपालिका–९ फरहदवाका १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षीय पुरुष र इशनाथ नगरपालिका वडा नंं ३ र ५ का २८, ३० र ३३ वर्षीय पुरुष रहेका छन् ।

योसँगै सङ्क्रमितको सङ्ख्या २९१ पुगेको छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले सङ्क्रमितको अवस्था सामान्य रहेको छ र उनीहरू स्वास्थ्यकर्मीका निगरानीमा रहेको बताए । 

नेपालमा शनिबार पहिलोपटक कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको थियो । अहिलेसम्म ३६ जना पूर्णरूपमा स्वस्थ्य भई घर फर्किसकेका छन् ।

ताजा खबर