महामारीको प्रकोप, मानिसको विपरीत शिलस्वभाव

२०७७ जेठ ४ आइतबार ०९:२७:०० मा प्रकाशित

मानिसहरुको शिलस्वभाव एकाएक कोरोना कोभिड–१९ को संक्रमण सँगै विश्वभर  असामान्य रहेको छ । समयसँग त्रसित हुनु र सामाजिक दुरी धेरै राख्नु मुख्यतय दुई प्रमुख कारक तत्व हुन् । त्यसो त मानिस आँफै भीडभाडबाट टाढा रहनुपर्ने हुन्छ ।

कहिलेकाहीँ यस्ता सामाजिक गतिविधिमा मानिसको दिमागले गति छोडिदिन्छ र एकाएक उ त्यसै आक्रोसित बनिदिन्छ । मनोवैज्ञानिकहरुले यस किसिमको अफठ्यारो परिस्थितिमा व्यक्ति आफैंले आफ्नो शिलस्वभावमा धेरै परिवर्तन गर्नु पर्ने बताउँछन् । अमेरिकी मनोविज्ञान संघको, मनोचिकित्सक भ्याली राइटको अवधारणा अनुसार मानिस आँफैं त्रसिद भएको बेला उसको भावना यदाकदा परिवर्तन भइदिन्छ अनि उनीहरु झ्वाट्टै रिसाउने गर्दछन् ।

महामारीको प्रकोप
रोगको असर कहिले काहिँ झिन्झिनाहट पूर्ण हुने गर्छ त्यसकारण अन्योल बढ्दै जाने विज्ञहरु तर्क गर्छन । मानिसले एकाएक ज्याला गुमाएको छ । जताततै दुखान्त र शोक छाएको छ । महामारीको जटिलता अर्को तर्फ फैलिएको छ । सम्भवतः मानिस मलिनो हुनु पर्छ त्यसकारण रोगको विश्वभर संक्रमणको असरको कारण अफठ्यारोमा उसको आनवानमा शालीन हुनुपर्ने नै छ । 
ल्यान्सेट नामक एक प्रख्यात स्वास्थ्य जर्नलमा उद्वरित मनोवैज्ञानिक विश्लेषणमा भनिए अनुसार क्वारेन्टाइनले मानिसमा तनाव, अन्योल र रिस अंसख्य मात्रामा बढाएको छ ।

विज्ञहरुको विश्लेषणमा यस अवस्थामा मानिस स्वास्थ्य रहन केही मात्रामा व्यायाम, केही घरायसी कसरत, परिवारजनसँग कुराकानी तथा पर्याप्त मात्रामा निन्द्राको आवश्यकता पर्ने कुरा उल्लेख गरेका छन् । एक हदसम्म यस्ता प्रयासहरुले मानिसको अवचेतन आवेग तथा प्रवेगमा धेरै हदसम्म परिवर्तन गरिदिने बताएको छ ।

मनोचिकित्सक राइटको जवाफमा क्रोध शान्त राख्न सधैं मानिसले गहिरो स्वाशप्रस्वास लिने पेटको व्यायाम गर्नसक्छ । दुरदर्शनमा दृश्यपान गर्न सक्छ वा शान्त शव्दहरु पटकपटक जप्न सक्छ । महामारीले हरक्षण प्रत्येक मानिसको आनवानलाई प्रभावित गरेको छ ।

महामारीको प्रकोपमा अताल्लिनु
मानिस आत्तिनु रोगको संक्रमण हुन्छ कि भनेर हो  ।  स्वास्थ्य बचाउन मानिस सफा र सुग्घरी अवस्थामा बस्नुपर्छ । मानिसको मानसिक अवस्था  सुमधुर हनुुपर्नेमा जोड दिइन्छ । मानिसको शालिनता यस अवस्थामा धेरै लाभदायक हुने बताइन्छ । सामाजिक सम्बन्धमा आवश्यक दुरी संकटको अचुक उपाय लिइन्छ ।
कसैसँग सम्बन्ध राख्नै परेमा फोन  प्रयोग गर्न सुझाइन्छ । अरुको भावना आत्मसात गरी नम्र बन्नु आवश्यक स्वभाव रहेको बताइन्छ ।
(स्रोतः सिएनएन हेल्थ)

ताजा खबर