खेतका कीट, पुतलीबाट बोटविरुवामा परागसेचन हुने , एक अध्ययन

२०७७ जेठ ३ शनिबार ०९:३६:०० मा प्रकाशित

सम्भवत हामी किराफटयाङ्ग्राबाट डराउने गर्छौ उनीहरुले हामीले लाउने कपडा तथा घरका लुगा फाटा बिगार्छन भनेर । तर प्रशस्त अनुसन्धानले कीट तथा मौरीहरु बोटविरुवाका लागि फाइदामुलक हुने तर्क पेश गर्दै आएका छन् । खासगरी मांशहारी किटले बोट तथा बुट्यान बढाउने तर्क जैविक खोजको अध्ययनको तर्क रहेको छ ।

कुनै चरा चुरुङ्गी, जनवार र बोट विरुवाको बीचमा हुने जैविक विविधतामा कीटहरुको प्राथमिकता रहेको बताइएको छ । कीटको कुरा गर्दा पछिल्ला वर्षमा मौरीको संख्या घट्दै आएको छ । कुनै मौरी वा पुतलीका प्रजाती विश्वबाट अलप भएका छन् भने  यस्ता संकटले वन्यजन्तुको स्वस्थ्य जैविक वातावरण विथोल्ने बताइएको छ ।
वैज्ञानिकहरुको अभिप्रायमा कीटहरुको संख्यामा वृद्वि हुनु भनेको बोटविउजनको परागसेचनमा फाइदा पुग्नु हो ।

धानमा लाग्ने सेतो पुतली, मौरी वा अरु किरा भन्दा बढी फैलिने
फूलहरुमा विचरण गर्ने प्रमुख त मौरी हो त्यसपछि ततैया, टाउके झिँगा र पुतली नै रहेको वैज्ञानिक खोजको निश्कर्ष रहेको छ । भनिएको छ  रातभर बोटबिरुवामा विचरण गर्दा परागण हुने गर्छ । लण्डन विश्वविद्यालयले गरेको खोजले बताए अनुसार ८३८ किसिमका धानका भकारीमा लाग्ने सेता पुतली रहेका छन्, ६३२ प्रकारका मौरीका जातहरु छन् भने ४६ विउजन्य वनस्पतीमा १५४८ मौरीको झुण्डको सधैं आवगमन हुन्छ ।

परागशेचनको अर्थ विरुवाजन्य बोटबाट जमिनमा हुने प्राकृतिक प्रजननलाई लिने गरिन्छ । यसको कारण बीउ उत्पादन हुँदै फूलहरु फक्रिन थाल्दछ भने जमीन उर्वर हुने वैज्ञानिक तर्क गरिन्छ ।
लण्डन विश्वविद्यालयका वातावरण वैज्ञानिक रिचार्ड वाल्टन भन्छन्,“ दिनको समयमा मौरीहरुमा प्रशस्त पराग लिने गर्छन त्यसपछि फूलले उसलाई रसोस्वादन गराउँछे ।”

धानमा लाग्ने सेतो पुतलीको अवशेष
अध्ययनमा यसप्रकारका पुतलीको वनस्पती प्रजननमा उल्लेख्य योगदान रहेको बताइन्छ । बालिनाली भित्राइँदा होस वा वातावरण संरक्षणमा कीटको वनस्पती संरक्षकत्वमा लाभदायक रहेको बताइन्छ । पछिल्लो जानकारी अनुसार धानमा लाग्ने सेतो पुतलीको यात्रा टाउके झिँगा र मौरी भन्दा वेस्मरी रहेको बताइन्छ ।

भनिन्छ बाली नालिमामा किटनाशक औषधी छरकिनु भन्दा मौरी पालन गर्नुहोस । आफ्नो घरलाई प्राकृतिक निवास बनाउनुहोस । घाँसे मैदान, काठे मैदान र प्रशस्त पानी भएको ठाउँमा कीटहरु विचरण गर्ने गर्छन ।
वैज्ञानिकहरु भन्ने गर्छन कीटहरु हाम्रा खाद्य तथा गृहस्थीलाई सधैँ मलिनो पार्छन ।
(स्रोतः सिएनएन)

ताजा खबर