कमेडी बन्द भएपछि कपिल शर्मा फिल्मतिर

२०७४ कार्तिक ८ बुधबार १७:२६:०० मा प्रकाशित

मुम्बई । बलिउडका कमेडि किङ कपिल शर्मा अब फिल्मतिर लागेका छन् । उनी अभिनित फिल्म ‘फिरंगी’ ले अहिले बलिउड नगरीमा बिभिन्न चर्चा बटुल्न थालेको छ । कमेडि जनरामा बनेको यस फिल्मलाई राजिव धिगंराले निर्देशन गरेका छन् । ‘फिरंगी’ ब्रिटिसले भारतलाई उपनिवेश बनाएको कथामा आधारित फिल्म हो । फिल्म कपिलको सेरोफेरोमा घुमेको छ जो ब्रिटिसबाट भारतलाई कुनै प्रकारको हानी हुँदैन भन्ने सोच राख्छ ।

२०१५ मा कपिलको ‘किस किसको प्यार करुं’ फिल्म प्रदर्शनमा आएको थियो जसले खासै चर्चा पाएन । उनको यो पहिलो डेव्यु फिल्म पनि थियो । कपिल अब दुई वर्षपछि ठूलो पर्दामा फर्किन लागेका छन् । कमेडी शो बन्द भएपछि उनी फिल्मतिर ढल्किएका हुन्  भन्ने चर्चा बलिउडमा चल्न थालेको छ । इशिता दत्ता र मोनिका गिलले कपिललाई यस फिल्ममा साथ दिनेछन् ।

नोभेम्बर २४ मा प्रदर्शन हुने फिल्म ‘फिरंगी’ के नाइन प्रोडक्सनले निर्माण गरेको हो । एजेन्सी
 

ताजा खबर