घरेलु बगैंचामा मानिसको स्वास्थ्य र दैनिक जीवनयापन सबल हुने एक अध्ययनको निश्कर्ष

२०७७ जेठ २ शुक्रबार ०९:१०:०० मा प्रकाशित

बगैंचामा हुने हरियोपनाको असर मानिसको स्वास्थ्य अनुकुल हुने एक अध्ययनको निश्कर्ष रहेको छ । हरियोपन भन्नाले खुला खेतको मैदान जहाँ बारीहरु प्रशस्त रुपमा मौलाएको भन्ने बुझिन्छ । एउटा प्राकृतिक वातावरण सम्बन्धि तयार पारिएको वृहत खोजले प्राकृतिक हरियोपनले मानिसको आँखाले दृश्य लिने शक्ति र रोग रोकथाममा मानिसको लागि फाइदामन्द हुने मुल्याङ्कन गरेको बताइएको हो ।

मानिसको बगैंचा प्रतिको नजिकपना वा चाहे नदिका किनारा नजिकको दृश्यपान मनमोहक हुन बताइन्छ । घर भित्रका भोगचलन र विलासीताका सामाग्री पर केही छ भने त्यो बाली वा बगैंचा हो जसले मानिसको स्वास्थ्य बलियो पार्छ र जीवनयापनलाई सहज गर्छ । अध्ययनमा धेरै सहभागीलाई आफ्नो बगैंचा र प्राकृतिक वातावरणको वारेमा प्रश्नावली सोधिएको थियो ।
उनीहरुलाई आर्थिक–सामाजिक, लैङ्गिक, रोजगारी, वैवाहिक सम्बन्ध वा घरमा रहेका बालबालिकाको संख्या जस्तै यावत विषय समावेश गरेर पर्यावरण सम्बन्धी डाटाहरु सोधकर्ताले सामूहिक रुपमा सोधेका थिए ।

के सबै मानिसका व्यक्तिगत बगैंचा हुन्छन् ?
मानिसको स्वास्थ्य र जीवनयापन अनुसार बगैंचा, बाल्कोनी र आँगन गरी तीन श्रेणीमा घरको आउटडोरलाई छुट्टाएको बताइने गरेको पाइन्छ ।
भनिएको छ मानिसको जीवनयापन दैनिक कतिसमयसम्म बगैंचामा वित्छ त्यती नै उ शारिरीक तथा मानसिक रुपमा स्वस्थ रहन्छ ।
साझा बगैँचाको अवधारणा पनि नल्याइएको होइन । तर कहिलेकाहिँ भाडाको हकमा, बगैँचा कसको लागि बनाइएको हो भन्ने मुचुल्कामा विवादको मुद्वा उठ्न सक्ने बताइन्छ ।  
साझा बगैँचाको हकमा यही एउटा अवधारणा विभाजीत हुन सक्ने विश्लेषण गरिएको छ ।

सबैंको समान उपभोगको साधन ?
मानिसहरुको बगैचा प्राय व्यक्तिगत हुने गर्दछ । आर्थिक सामाजिक रुपमा विपन्न समुदायको लागि प्राकृतिक चरण परको हुन आउँछ उनिहरु बगैंचामा घुलमिल हुन सक्दैनन् ।
बेलायतमा यसरी बालीमा भएको हरियोपन चरण गर्न भविष्यमा दह्रो आर्थिक जोहन गर्नुपर्छ अनिमात्र प्राकृतिक हुन पाइन्छ भनिएको छ ।
के भनिएको छ भने, मानिसको प्रकृतिमाथि विचरण गर्न पाउनु जीवन प्रति महत्वपूर्ण योगदान हो । सार्वजनिक स्वास्थ्यमा घरेलु बगैँचाको महत्वपूर्ण योगदान रहेको बताइएको छ । 
(स्रोतः मेडिकल न्युज टुडे)
 

ताजा खबर