शिक्षण अस्पतालका तीन दर्जन स्वास्थ्यकर्मी आइसोलेसनमा

२०७७ जेठ १ बिहीबार १४:२३:०० मा प्रकाशित

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका तीन दर्जन स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राखिएको छ । 

त्यहाँ उपचार गराइरहेकी एक ६ वर्षिय बालिकामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको सर्जिकल वार्ड सिल गरी त्यहाँका ३८ चिकित्सक र नर्सहरूलाई आइसोलेसनमा राखिएको थाहा भएको छ ।

त्यस वार्डमा उपचार गराइरहेका पाँच जना बिरामीलाई पनि आइसोलेसनमा राखिएको त्रिवि शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक डा। सन्तकुमार दासले जानकारी दिएका छन् ।

शिक्षण अस्पतालको न्यूरो वार्डमा उपचार गराइरहेकी कपिलवस्तुकी ६ वर्षीया बालिकालाई वैशाख ३० गते उपचारका लागि शिक्षण अस्तपाल ल्याइएको थियो ।

 

ताजा खबर