दिनैपिच्छे संक्रमित थपिँदै, पछिल्लो संख्या २ सय ४३ 

२०७७ बैशाख ३१ बुधबार २२:१८:०० मा प्रकाशित

काठमाडौं । २४ जना कोरोना भाइरस संक्रमित थपिएपछि नेपालमा संक्रमितको संख्‍या २ सय ४३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अुनसार रूपन्देही, कपिलवस्तु, नवलपरासी र पर्सामा गरेर थप २४ जनामा कोरोना पुष्टि भएको हो  ।

राष्‍ट्रिय जनस्वास्थ्‍य प्रयोगशाला र प्रादेशीक प्रयोगशाला रुपन्‍देहीमा गरिएको परीक्षणबाट उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका सहप्रवक्‍ता समिरकुमार अधिकारीका अनुसार संक्रमण पुष्टि हुनेमा १२ जना रुपन्देही, ८ जना कपिलवस्तु, पर्साका ३ र नवलपरासीका १ जना छन् ।

यसअघि बाँकेमा १ र कपिलवस्तुमा १ गरेर बुधबार दिउँसो २ जनामा देखिएको थियो ।

 

ताजा खबर