पछिल्लो अवस्थामा कोरोना संक्रमितको संख्या बढेर २१९ 

२०७७ बैशाख ३१ बुधबार १५:४२:०० मा प्रकाशित

काठमाडौं । नेपालमा कोरोना सङ्क्रमणको असर बढ्दै जाँदा प्रभावितको संख्या २१९ पुगेको छ । 

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार  नेपालगञ्ज र कपिलवस्तुमा गरी थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालगञ्जको पछिल्लो सङ्क्रमित बाँके जिल्ला, नेपालगञ्ज नपा वडा नं ८ बस्ने ३६ वर्षीय पुरुष हुन् । उनको धुलिखेल अस्पतालमा स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । 

यसका साथै कपिलवस्तुका एक पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा कपिलवस्तु जिल्ला, कपिलवस्तु नगरपालिका वडा नं ५ का २२ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । सङ्क्रमितहरूको स्वास्थ्य अवस्था अहिलेसम्म सामान्य रहेको बताईएको छ ।

ताजा खबर